जिम्बाबेमा राष्ट्रपति मुगाबेले सत्ता नछाड्ने , राजनीतिक संकट लम्बिने खतरा ।

0
425

४ मंसिर हरारे । जिम्बाबेमा राष्ट्रपति रोबर्ट मुगाबेले आफूले सत्ता नछाड्ने बताएका छन् । देशको नाममा सम्बोधन गर्दै राष्ट्रपति मुगाबेले आफू आउँदो महिना हुने सत्तरुढ पार्टीको बैठकमा भाग लिने र त्यसको नेतृत्व गर्ने बताएका हुन् । उसत्तारुढ पार्टी जानु–पिएफले यसअघि मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरेको थियो । जानु–फिएफ पार्टीले भने उनलाई पार्टीको नेताबाट बर्खास्त गर्दै राष्ट्रपतिबाट राजीनामा दिन २४ घण्टाको अल्टिमेटम दिएको थियो । यो अवधिमा राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी पनि दिइएको छ ।

तर मुगाबेले टेलिभिजन सम्बोधनको क्रममा आफू पार्टीको बैठकमा भाग लिने र त्यसको नेतृत्व गर्ने बताएपछि समस्या झन जटिल बन्ने देखिएको छ । टेलिभिजन सम्बोधनको क्रममा राजीनाका सम्बन्धमा केही नबोलेका मुगाबेले एकअर्कासँग कटुता राख्न नहुने बताएका छन् ।लामो समयदेखि सत्ता रहँदै आएका मुगावेको शक्ति गएको बुधबार सेनाले हस्तक्षेप गरेपछि भने कमजोर भएको छ । मुगाबेपछि सत्ताको बागडोर कसले सम्हाल्ने भन्ने विषयमा विवाद चर्किँदै गएका बेला सेनाले हस्तक्षेप गरेको थियो ।मुगाबे आफ्नी श्रीमती ग्रेस मुगाबेलाई आफूपछिको उत्तराधिकारीको रुपमा अघि ल्याउने प्रयासमा लागेपछि सत्तारुढ पार्टीमा विवाद बढेको थियो ।