प्यूठानको समृद्धिका लागी डा.पोख्रेललाई भोट ।

0
1530

५ मंसिर , प्यूठान । मुलुक यतिखेर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएकोछ । निर्वाचनको जितलाई आफ्नो पोल्टामा पार्न विभिन्न राजनीतिक शक्तिहरू प्रतिष्पर्धामा छन् ।चुनावी प्रसार–प्रचार व्यापक चलिरहँदा स्थानिय जनताले आफ्नो क्षेत्रका उम्मेदवारहरूको कामहरुको मूल्यांकन पनि गरिरहेका छन् । अब जनताले झुटा आश्वासन नदिन पनि नेताहरूलाई चेतावनी दिएका छन् । मुलुकका अन्य क्षेत्रमा भन्दा फरक प्रतिस्पर्धा रहेको छ प्यूठान जिल्लामा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उर्जा अर्थशास्त्र तथा बिकास बिज्ञको रुपमा परिचित प्रा डा गोविन्द राज पोखरेल र जनमोर्चा नेपालका अर्धभूमिगत नेता मोहन सिंहको धर्मपत्नी दुर्गा पौडेलका बीचमा प्रतिस्पर्धा हुँदैछ ।

को हुन् डा. पोख्रेल ।

– पोखरेल त्रिभुवन विश्व बिद्यालयमा प्रध्यापक भइ सक्नुभएको ब्यक्तित्व हो । उहाले थापाथाली क्याम्पस, ईन्जिनियरिङ अध्ययन संस्थानको निमित्त क्याम्पस प्रमुख भएर काम मात्र गर्नुभएन नेपालमै पहिलो पटक औद्योगिक ईन्जिनियरिङको स्नातक तहको पढाई पनि सुरु गर्नु भयो ।काठमाडौं उपत्यकामा संचालित सफाट्यम्फोको बिकासमा पनि उहाँको ठूलो योगदान छ ।

– उर्जा बिज्ञको रुपमा उहाँले जाट्रोपा (कदमफल) बाट बायोडिजेल बनाउने, चिनी उद्द्योगबाट निस्कने एथानोल डिजेलमा मिसाउने तथा चिनी उद्द्योगले राष्ट्रिय प्रसारणमा केही मात्रामा योगदान पुराउन नीतिगत ब्यवस्था गर्ने जस्ता अनुसन्धान मूलक र नीतिगतकार्यमा ठूलो योगदान छ ।

– राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा भूकम्प गएको ३–४ महिनाभित्रैमा बिपदपछि आवश्यकताको आँकलन रिपोर्ट तयारपारी दातृनिकाय तथा राष्ट्रहरू सम्मेलन गरेर करीब ४ खर्ब रुपँयाभन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त गर्न सफल । ३–४ महिनाभित्रैमा बिपदपछिको आवश्यकताको आँकलन रिपोर्ट तयारपारी दातृ निकाय तथा राष्ट्रहरू सम्मेलन गर्नु एकदम चुनौतीपूर्णकार्य थियो जसको सम्बन्धित बिज्ञहरू ठूलो प्रशंसा गरेका थिए ।

– हिलेको बैकल्पिक उर्जा प्रबर्धन केन्द्र धोबीघाटको एउटा सानो घरमा हराइरहेको अवस्थामा थियो, जसलाई डा पोखरेल पहिलोचोटी बैकल्पिक उर्जाप्रबर्धन केन्द्रको कार्यकारी निर्देशक भएपछि पनि अहिले बृहत रुप लिएको हो । अहिले बैकल्पिक उर्जा प्रबर्धन केन्द्रले सयौ कार्यक्रम चलाएको छ, हजारौंले रोजगारी पाएका छन् तथा बैकल्पिक उर्जा राज्यको प्रमुख प्राथमिकता पर्न सफल भएको छ । नेपालको बैकल्पिक उर्जालाई संसारकै नमूना कार्यक्रम बनाउन सफल भर्इ १२ वटा दातृनिकाय लाई एउटै कार्यक्रम ल्याउन सफल ।

– अहिले नेपालको राजधानी लगायत सबै सुगमका शहरमा १८ घण्टासम्म लोडशेडिङ हुँदापनि माईक्रो हाइड्रोलगायत अन्य बैकल्पिक उर्जाका कारण नेपालका दुर्गमका गाउँगाउँहरूमा निरन्तर बिद्युत आइरहने र झिलिमिली हुने जुनपरिस्थिति बनेको छ यसमा डा पोखरेलको ठूलो योगदान रहेको छ ।

–मानव बिकास सूचकांकमा सबैभन्दा तल भएको बाजुरा जिल्ला लगायत धेरै स्थानहरूमा एकीकृति वस्ती बिकास योजनाको परिकल्पनाकार, भूकम्प पछिको पुनर्निर्माणमा पनि एकीकृत वस्ती बिकासमा ठूलो जोडदिएका व्यक्ति ।
– बिपदमा बिद्युतीय उर्जा आपूर्ति सन्तुलन मिलाउन सुरक्षानिकायलाई जलबिद्युत आयोजनाको निर्माण गर्न नीतिगत ब्यवस्था गरेको जस्ता इमाडी जल बिद्युत आयोजनाको जिम्मा नेपाली सेनालाई दिइएको ।

– तरार्इमा २० जिल्लाका बिद्यार्थीलाई छत्राबृत्ति, सहुलीयतपूर्ण कृषिलोन, शहरी क्षेत्रमा घरको छानामा सोलार राखेर बिजुली उत्पादन गर्ने र सरकारले किन्ने ब्यवस्था, जलबिद्युत उत्पादनमा प्रतिमेगावाट ५० लाख रुपियाँ अनुदान दिने नीतिगत ब्यवस्था गरेको ।