२०८३ जेष्ठ २९ गते शुक्रबार
२०८३ जेष्ठ २९ गते शुक्रबार

भारत र नेपालबीचको द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको भूमिका जरुर नभएको भारतले स्पष्ट पारेको छ । दुई देशले सीमा मामिलाका सबै पक्षहरूलाई सम्बोधन गर्न द्विपक्षीय संयन्त्र स्थापना गरेको पनि उल्लेख गरेको छ ।
नियमित मिडिया ब्रिफिङका क्रममा सोधिएका प्रश्नहरूको जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सीमांकित क्षेत्रहरूमा भूमि कब्जाका घटनाहरू रहेपनि त्यसलाई संयुक्त रूपमा नक्साङ्कन गरिने जनाए ।
‘हामीले भारत–नेपाल सीमा सम्बन्धी नेपालका प्रधानमन्त्रीको टिप्पणी र यस विषयमा नेपाली विदेश कार्यालयले दिएको पछिको वक्तव्य हेरेका छौं । भारत–नेपाल सीमाको लगभग ९८ प्रतिशत सीमाङ्कन भइसकेको भएपनि केही नसुल्झेका खण्डहरू छन् । गण्डक नदीको स्थानान्तरणले यस्तो अवस्था सिर्जना गरेको छ । यसका साथै, सीमाङ्कन गरिएका क्षेत्रहरुमा सीमा भूमि कब्जा र कुनैपनि मानव भूमिको अतिक्रमणका घटनाहरू छन्, जुन हाल संयुक्त रूपमा नक्साङ्कन गरिँदैछ,’ उनले भने।
‘हामीले सीमा मामिलाका सबै पक्षहरूलाई सम्बोधन गर्न द्विपक्षीय संयन्त्र स्थापना गरेका छौं । भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको भूमिका छैन भन्ने कुरा सबैलाई स्पष्ट हुनुपर्छ,’ उनले थपे ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सीमा मुद्दाहरूमा छलफलमा बेलायत र चीनलाई संलग्न गराउनुपर्ने सुझाव दिएको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ताले भारतसँगको सीमा समस्या वार्तामार्फत समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
जयस्वालले थप भने,‘सीमांकन गरिएका नो मेन्स ल्याण्ड क्षेत्रहरूमा सीमापार कब्जा र अतिक्रमण जस्ता मुद्दाहरू केही खण्डहरूमा पहिचान गरिएको छ, जुन हाल दुवै पक्षद्वारा संयुक्त रूपमा नक्साङ्कन र प्रमाणीकरण भइरहेको छ ।’
नेपालका राजनीतिक दलहरूले बालेन्द्र शाहको नेपालले पनि भारतीय भूभाग ‘अतिक्रमण’ गरेको विवादास्पद टिप्पणीको आलोचना गरेका छन्। नेपालको विदेश मन्त्रालयले पछि उनको टिप्पणीमाथि स्पष्टीकरण दिएको थियो ।

रोजगारीका लागि मलेसिया पुगेका ५३ वर्षीय राजाराम मण्डल विदेशी भूमिमा अचानक मस्तिष्कघातको सिकार बने । अवस्था यति गम्भीर भयो कि उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगे । मलेसियामै गरिएको एमआरआई परीक्षणले समस्या गम्भीर रहेको देखाएपछि परिवारले उनलाई नेपाल फर्काउने निर्णय गर्यो ।

नेपाल आएपछि मण्डल उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल पुगे । तर आर्थिक अभावका कारण त्यहाँ उपचारलाई निरन्तरता दिन सम्भव भएन । त्यसपछि उनी काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल पुगे । त्यहीँ उनको भेट न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलसँग भयो । डा. पौडेलकै सिफारिसमा उनी भक्तपुरको दुवाकोटस्थित केएमसी युनिट–२ मा भर्ना भए ।
अस्पताल पुगेपछि डा. पौडेलको टोलीले उनको विस्तृत परीक्षण गर्दै उपचार प्रक्रिया अघि बढायो । डा. पौडेलका अनुसार उपचारका लागि आउँदा मण्डललाई पटक–पटक पक्षघात भइरहेको थियो । मलेसियामा गरिएको एमआरआईले उनको देब्रे मस्तिष्कतर्फको प्रमुख रक्तनली ७० प्रतिशत साँघुरिएको देखाएको थियो, जसका कारण स्ट्रोक भएको थियो । तर केएमसीमा आएपछि गरिएको एन्जियोग्राफीले अवस्था झन् जटिल भइसकेको तथ्य उजागर ग¥यो । परीक्षणमा ती नसा ९९ प्रतिशतसम्म साँघुरिसकेको पाइयो ।

एक महिनाको अवधिमै ७० प्रतिशतबाट ९९ प्रतिशतसम्म पुगेको अवरोधले जोखिम धेरै नै बढेको स्पष्ट थियो । डा. पौडेल भन्छन्, ‘थप केही समय ढिलो भएको भए नसा पूर्ण रूपमा बन्द हुन सक्थ्यो । त्यसपछि बिरामीले बोल्ने क्षमता गुमाउने र खुट्टा नचल्ने अवस्था आउन सक्थ्यो ।’ अस्पताल आइपुग्नेबित्तिकै डा. पौडेलको टोलीले एन्जियोग्राफी ग¥यो । त्यसपछि खुट्टाबाट साना पाइप र तार प्रवेश गराएर साँघुरिएको रक्तनलीमा बेलुन एन्जियोप्लास्टी गरियो । अवरुद्ध भागमा स्टेन्ट राखिएपछि रक्तप्रवाह पुनः सहज रूपमा सञ्चालन हुन थाल्यो । उपचार सफल भएपछि मण्डललाई अर्को दिन नै घर पठाइयो ।

डा. पौडेलका अनुसार खराब बोसोका कारण रक्तनली साँघुरिँदै गएको थियो । त्यही कारणले उनी बारम्बार पक्षघातको सिकार बनेका थिए । स्टेन्ट राखिएपछि रक्तनली खुल्यो र मस्तिष्कमा आवश्यक रक्तप्रवाह पुनः सुचारु भयो । हालै सञ्चालनमा आएको केएमसी दुवाकोटले यस्तो जटिल मस्तिष्कघात सम्बन्धी रोगको पहिलो सफल उपचार गर्दै अर्को उपलब्धि हासिल गरेको छ ।
बुबाको सफल उपचारपछि छोरा सत्यनारायणको अनुहारमा अहिले राहत र खुसी दुवै फर्किकको छ । ‘सुरुमा त के हुने हो, कस्तो हुने हो भन्ने ठूलो चिन्ता थियो । तर अहिले सोचेजसभन्दा धेरै राम्रो भएको छ । अस्पतालको सेवा र डाक्टरहरूले गरेको उपचारबाट हामी अत्यन्त सन्तुष्ट छौं,’ उनी भन्छन् । बुबा अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति मुक्त कण्ठले आभार व्यक्त गरे ।

अहिले राजारामको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ र उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । आफ्नो अनुभव सुनाउँदै सत्यनारायण अरूलाई पनि सल्लाह दिन्छन्, ‘यहाँको उपचार सेवा निकै राम्रो रहेछ । कुनै स्वास्थ्य समस्या देखिए समयमै विशेषज्ञकहाँ पुगेर उपचार गराउनुपर्छ ।’

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गरिएको छ । मुख्यालय परिसरमा उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको हो ।

उनलाई भाजपाका अध्यक्ष नितिन नवीनलगायतका पदाधिकारीले स्वागत गरेका हुन् । लामिछानेसहितको टोलीले मुख्यालयको अवलोकन गर्दै दुई देशको सम्बन्धलाई थप मजवुद बनाउने विषयमा दुई पक्षीय संवाद भएको थियो ।

यो भ्रमणले रास्वपा र भाजपा बीच पार्टी टु पार्टी संलग्नता सुरु गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

भारतीय जनता पार्टीले प्रतिनिधिमण्डललाई स्वागत गर्दै रचनात्मक संवादको लागि तत्पर रहेको बताएको छ ।

यसअघि मंगलबार दिउँसो ४ बजे पार्टी मुख्यालयमा ‘भाजपालाई चिन्नुहोस्’ पहल अन्तर्गत १२ देशका प्रतिनिधिहरूसँग भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनले अन्तरक्रिया गरेका थिए।

अन्तरक्रियामा भाजपाको विदेश मामिला विभागका प्रभारी विजय चौथाईवाले पनि उपस्थित थिए । भाजपाको मुख्यालयले लामिछानेको नाममा रात्रिभोजको आयोजना गर्ने समेत जनाएको छ ।
यसअघि शनिबार भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले भाजपाको यात्रा केवल राजनीतिक दलको विस्तारको कथा मात्र नभएर राष्ट्रवाद, सांस्कृतिक चेतना, सेवा, संघर्ष र समाजको अन्तिम व्यक्तिसम्म विकास पु¥याउने संकल्पको ऐतिहासिक यात्रा भएको बताएका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका कामकारबाहीको मूल्यांकन, निगरानी तथा संसदीय प्रतिपक्षी भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘छाया सरकार’ गठन गरेको छ।

काँग्रेस संसदीय दलको बैठकले भीष्मराज आङ्देम्बेको संयोजकत्वमा छाया सरकार निर्माण गर्ने निर्णय गरेको हो। पार्टीले प्रतिपक्षमा रहँदा यसअघि पनि यस्तै अभ्यास गर्दै आएको थियो।

निर्णयअनुसार विभिन्न क्षेत्रगत मन्त्रालयको जिम्मेवारी काँग्रेसका सांसद तथा नेताहरूलाई तोकिएको छ। छाया सरकारको नेतृत्व भीष्मराज आङ्देम्बेले गर्नेछन्।

विभागीय जिम्मेवारी बाँडफाँट अनुसार गृह मामिलाको जिम्मेवारी प्रकाश सिंह कार्कीलाई दिइएको छ भने अर्थ क्षेत्र नरेन्द्रकुमार केरुङको जिम्मामा रहनेछ। परराष्ट्र मामिला सुनिलबहादुर थापाले हेर्नेछन्।

त्यसैगरी पूर्वाधार तथा विकाससम्बन्धी विषय मोहन आचार्य, शिक्षा तथा खेलकुद डा. फिर्दोस आलम, तथा स्वास्थ्य र खाद्य स्वच्छता क्षेत्र डा. चन्द्रमोहन यादवलाई जिम्मेवारी तोकिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी विषय विष्णुबहादुर खड्काले सम्हाल्नेछन् भने कृषि, वन तथा वातावरण क्षेत्र डा. प्रमीलाकुमारी गच्छदारलाई दिइएको छ। कानुन, न्याय तथा संसदीय मामिला खम्बबहादुर खाती र रक्षा क्षेत्र खड्ग शाहीको जिम्मामा रहनेछ।

सूचना तथा सञ्चार क्षेत्र मनमाया विश्वकर्मा, युवा, श्रम तथा रोजगार गीता गुरुङ तथा विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी विषय सन्दीप रानाले हेर्ने गरी जिम्मेवारी निर्धारण गरिएको छ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी विषय सन्तोष सुब्बालाई दिइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी क्षेत्र डा. गंगालक्ष्मी अवालको जिम्मामा रहनेछ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विषय जनकराज गिरीले सम्हाल्नेछन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको जिम्मेवारी योगेश गौचनलाई प्रदान गरिएको छ।

काठमाडौं । वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्साको ठोरीबाट मेयर सिंहलाई पक्राउ गरेको हो ।

पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा मंगलबार बिहान मेयर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरूद्ध जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो ।

काठमाडौं । आज नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ । नेपालको इतिहासमा यस घटनालाइ एउटा रहस्यमय घटना घटना मानिन्छ, जसको सत्यतथ्य आजका दिन सम्मपनि बाहि आउन सकेको छैन् ।

वि.सं. २०५८ साल जेठ १९ गते राति तत्कालीन राजा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित छानबिन समितिले युवराज दिपेन्द्रले गोली चलाएको निष्कर्ष सार्वजनिक गरे पनि हत्याकाण्डबारे विभिन्न प्रश्न र शंकाहरू आजसम्म पनि उठिरहेकै छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।