पैँसाको लोभमा साथीको हत्या ।

0
275

६ मंसिर ,जनकपुर । साथीको हत्या गरी त्यसलाई दुर्घटनाको रुप दिन खोजेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ । शनिबार मिथिलानगर नगरपालिका–३, लालभिटीस्थित यात्रु प्रतीक्षालयनजिक सडकछेउ एक युवाको शव फेला परेको थियो ।

उक्त शव भिथिलानगर–२ का प्रदीपकुमार ठाकुरको रहेको खुलेपछि थप प्रहरीले अनुसन्धान अघि बढाएको थियो । शवको प्रकृति हेर्दा मारेर फालेजस्तो देखिएपछि अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

ढल्केवर लक्ष्मीनिवासस्थित वायर कारखानानजिकै उनको हत्या गरी अभियुक्तले मोटरसाइलमा राखेर ५ किलोमिटर टाढा पुर्याएको प्रहरी अनुसन्धानले देखाएको छ । ३२ वर्षीय वीरेन्द्र ठाकुर, २२ वर्षीय मनोजकुमार महरा र सुनील ठाकुरले घाँटी थिचेर उनको हत्या गरी दुर्घटनाको रुप दिन खोजेको देखिएको असइ किस्मत भण्डारीले जानकारी दिए ।