
सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको जनाएको छ ।
आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो ।
प्रधानमन्त्री बालेन साहका प्रेस तथा अनुुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताइन् । एनले भनिन्, ‘यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन ।’
यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्यवृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत २२ को मन्त्रिपरिषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिएर कार्यालय समय बिहान ९ः०० देखि अपराह्न ५ः०० बजेसम्म कायम गर्ने निर्णय गरेको थियो ।
काठमाडौँको तारकेश्वरमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ‘नेपाली ब्रो’ उपनामले चिनिने कुमार थापा मगरसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६, पैंयुटारमा ३८ वर्षीय कुमार थापा मगरले आफ्नै श्रीमती ईश्वरी भुजेललाई चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि तारकेश्वर सिटी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि त्रि.वि. शिक्षण अस्पताल (टिचिङ) महाराजगंज पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले सोही राति ११ बजे कुमार थापा मगरलाई नियन्त्रणमा लिएको थियो । यस्तै, उक्त हत्या घटनामा संलग्न रहेको भन्दै परेको किटानी जाहेरीका आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य अभियुक्तहरूमा ३६ वर्षीय विक्रम थापा मगर, ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्ला घर भई गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले चारै जनालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको बताए । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सरकारले दुई दिने विदा हटाउने तयारी गरेको छ । हप्तामा दिइएको दुई दिने विदा प्रभावकारी नभएको निष्कर्ष सहित सरकारल हटाउने तयारी गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
अब बस्ने मन्त्रीपरिषद् बैठकले यसलाई औपचारिक रुपमा अनुमोदन गरेपछि दुइ दिने विदा हट्ने छ ।
पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गत चैत २२ गते बसेको मन्त्रीपरिषद् बैठकबाट हप्तामा दुई दिन(सविबार र आइतबार) विदा दिने निर्णय गरिएको थियो ।
दुई दिने विदा प्रभावकारी र व्यवहारिक पनि नभएको टिप्पणी चल्दै आइरहेको छ ।
पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको जवाफ दिन आफू जिम्मेवार रहेको भन्दै छानबिन प्रक्रियामा पूर्ण सहयोग गरेको बताए ।
‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सहज र स्पष्ट जवाफ दिएको छु,’ गुरुङले भने ।
सम्बोधनका क्रममा उनले छानबिन समितिसँगको एउटा रोचक प्रसंग पनि सुनाए । समितिले सम्पत्तिको स्रोतबारे प्रश्न गर्दा आफूले ठट्यौली शैलीमा प्रतिप्रश्न गरेको उनको भनाइ थियो ।
‘समितिले मलाई “यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ?” भनेर प्रश्न गर्यो । मैले पनि “तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त” भनेर प्रतिप्रश्न गरिदिएँ,’ उनले भने ।
गुरुङले छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण सफाइ पाउनेमा विश्वास व्यक्त गरे ।
आफू निर्दोष सावित भए पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउन सक्ने संकेत गर्दै उनले फरक शैलीमा कार्यकर्तालाई आग्रह पनि गरे ।
‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला,’ उनले भने, ‘म काममा केन्द्रित हुन चाहन्छु ।’
संगठन निर्माणबारे पनि धारणा राख्दै गुरुङले अब बन्ने जिल्ला नेतृत्व राजधानी केन्द्रित हुन नहुने बताए । जिल्ला सभापति जिल्लामै बसेर पार्टी गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
‘राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन,’ उनले भने ।
कार्यक्रममा गुरुङले आफू गृहमन्त्री हुँदा आम नागरिकबाट पाएको साथ र सहयोगको स्मरण गर्दै निर्वाचनमा विजयी गराउने गोरखावासी मतदाताप्रति आभार व्यक्त गरे ।
काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
आज संगापुरमा नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै ९.२ ओभरमा पछ्याएको हो ।
नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए । रोहित पौडेलले २० बलमा २१ रन बनाए । ओपनर कुशल भुर्तेलले २० रन र आशिफ शेख १ रनमा आउट भए ।
टस जितेर सुरुमा ब्याटिङ गरेको ओमानलाई नेपालले १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट गरेको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफूलाई राजदूत बन्ने इच्छा रहेको भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेका छन्।
शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन भनेका हुन्।
उनले सामाजिक सञ्जालमा रोमन नेपालीमा लेखेका छन्, “मलाई पनि एम्बेसेडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न?”
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी सेवा विस्तार, भूकम्पपछिको पुनर्निर्माण सम्पन्न आयोजनाको हस्तान्तरण तथा कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा सहकार्य गर्ने विषयमा तीन महत्वपूर्ण सहमति भएका छन् । नयाँ दील्ली स्थीत नेपाली राजदुतावासले जारी गरेको विज्ञप्ती अनुसार परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा यी सहमतिहरू सार्वजनिक गरिएका हुन् ।
सहमतिअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) बीच सन् २०२३ मा भएको समझदारीअनुसार व्यक्ति–व्यक्तिबीच (पीटूपी) सीमापार डिजिटल भुक्तानी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । यस प्रणालीले नेपाल र भारतका नागरिकबीच डिजिटल माध्यमबाट सहज रूपमा रकम पठाउन र प्राप्त गर्न सकिने व्यवस्था गर्ने अपेक्षा गरिएको छ ।
यसबाट दुवै देशका यात्रु, विद्यार्थी, श्रमिक तथा सीमापार व्यापार व्यवसाय गर्ने नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ । हालसम्म नेपालमा भारतीय पर्यटकले डिजिटल भुक्तानी सुविधा प्रयोग गर्दै आए पनि भारतमा नेपाली नागरिकले यस्तो सुविधा उपयोग गर्न पाएका थिएनन् ।
त्यसैगरी भारत सरकारको सहयोगमा नेपालमा निर्माण सम्पन्न भएका भूकम्पपछिका ८४ वटा पुनर्निर्माण आयोजनाको औपचारिक हस्तान्तरणको घोषणा गरिएको छ । तीमध्ये ७२ वटा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पूर्वाधार रहेका छन् भने १२ वटा सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित आयोजना रहेका छन् ।
भेटवार्ताका क्रममा काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ विद्यालयअन्तर्गतको ‘इन्जिनियरिङ सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र भारतको ‘डिजिटल इन्डिया भाषिणी’ डिभिजनबीच ‘भोइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्ने समझदारीपत्र पनि आदानप्रदान गरिएको छ । यस सहकार्यले कृत्रिम बौद्धिकतामा आधारित बहुभाषिक डिजिटल सेवाको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यसैबीच परराष्ट्रमन्त्री खनालले भारतीय सञ्चारमाध्यम एनडिटिभीसँगको अन्तर्वार्तामा नेपालको नयाँ सरकारले भारतसँगको सम्बन्धलाई ‘रिसेट’ गर्न चाहेको बताएका छन् । विगतका असहजता र मतभेदलाई पछाडि छोड्दै नयाँ चरणको सहकार्यतर्फ अघि बढ्ने लक्ष्य रहेको उनको भनाइ थियो । उनले नेपाल सरकारले भारतसँग कनेक्टिभिटी, ऊर्जा, व्यापार तथा प्रविधि साझेदारीलाई आगामी दिनमा द्विपक्षीय सम्बन्धका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने नीति लिएको पनि स्पष्ट पारे ।





