पृथ्वीराजमार्गमा जताततै सकेट बम ।

0
1452

मंसिर ८ धादिङ, । पृथ्वीराजमार्गको दुई ठाउँमा शुक्रबार बिहान सकेट बम फेला परेको छ । राजमार्ग छेउका दुई ठाउँमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बम राखेको प्रहरीको आशंका छ ।
गजुरी गाउँपालिका वडा नं. ५ घाटबेसीस्थित पृथ्वीराजमार्ग छेउमा रखेको सकेट बम गजुरी स्थित नेपाली सेनाले डिस्पोज गरेको छ । सकेटबम मन्दिर नजिकै राखेको थियो ।

यस्तै गल्छी गाउँपालिका वडा नं. ६ स्थित पृथ्वीराजमार्ग छेउ नमस्ते ग्यास उद्योगलाई लक्षित गरेर राखिएको सकेट बम बैरेनी स्थित सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । ग्यास उद्योगलाई लक्षित गरेर राखेको बम कामदारले नचिनेर बाहिर बोकेर लाँदै गर्दा जानकारी पाएपछि छाडेर भागेका थिए ।
राजमार्ग क्षेत्रमा केही दिनदेखि बम राखिएका कारण सुरक्षा चुनौती थपिएको छ । चुनावको मिति नजिकिएसँगै जिल्लाको विभिन्न स्थानमा सकेट बम राखेर जनजीवन त्रसित पारेको छ ।