९ मंसिर , काठमाडौं । सरकारले आज राति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सबै गाडी चालकलाई आग्रह गरेको छ । सरकारले यसअघिको निर्णय अनुसार आइतबार मतदान हुने ३२ जिल्लामा गाडी चलाउन नदिने भएकाले शनिबार राति १२ बजेअघि नै गन्तव्यमा पुग्न आग्रह गरेको हो ।
आइतबार मतदान हुने जिल्लामा सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि सवारी पास लिएका र एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव बहान, अस्पताल सेवा र विद्युत सेवा लगायतका अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।