रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्रमा मंसिर २१ गते पुनःचुनाव हुने

0
203

मंसिर १० रुकुम। पश्चिम रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्रमा प्रत्यक्षतर्फ मंसिर २१ गते पुनः चुनाव हुने भएका  छन् ।

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड हालेर जलाएपछि मंसिर २१ गते पुनः चुनाव हुने मतदान अधिकृत नन्दलाल महतोले बताए ।

२१ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्रै मतदान हुने भएका छन् ।  मतपेटिकामा आगो लागेपछि दलका प्रतिनिधि र निर्वाचन अधिकृतसहितको बैठकले रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २१ गते चुनाव गर्ने निधो गरेका  हुन् ।