२०८३ श्रावण ४ गते सोमबार
२०८३ श्रावण ४ गते सोमबार

फिफा विश्वकप : फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड भयो तेस्रो, बुकायो शाकाको ह्याट्रिक

काठमाडौँ। फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा इङ्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।

इङ्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि १८औँ मिनेटमा एज्री कोन्साले गोल थप्दै टोलीलाई २–० को अवस्थामा पुर्‍याए। पहिलो हाफमै बुकायो साकाले ३७औँ र इन्जुरी समयको ४६औँ मिनेटमा लगातार दुई गोल गर्दै इङ्ल्यान्डलाई ४–० को सहज अग्रता दिलाए। पहिलो हाफ समाप्त हुँदा इङ्ल्यान्ड चार गोलले अगाडि थियो।

दोस्रो हाफ सुरु भएलगत्तै फ्रान्सले शानदार पुनरागमनको प्रयास गर्‍यो। ४८औँ मिनेटमा कप्तान केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सको खाता खोले। त्यसपछि ५४औँ मिनेटमा ब्राडली बार्कोलाले एमबाप्पेको पासमा गोल गरे।

६६औँ मिनेटमा माइकल ओलिसेको सहयोगमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए। फ्रान्सले मात्र १८ मिनेटको अन्तरमा तीन गोल फर्काएर खेललाई रोमाञ्चक बनाएको थियो।

तर ८७औँ मिनेटमा पेनाल्टीमार्फत बुकायो साकाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र इङ्ल्यान्डलाई ५–३ को अग्रता दिलाए।

इन्जुरी समयको ९६औँ मिनेटमा ओस्मान डेम्बेलेले फ्रान्सका लागि अर्को गोल गरे पनि त्यसको दुई मिनेटपछि जुड बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको ६–४ को जित सुनिश्चित गरे।

यो जितसँगै इङ्ल्यान्डले विश्वकप २०२६ मा तेस्रो स्थानमा रह्यो भने फ्रान्स चौथो स्थानमा सीमित भएको छ।

हारका बाबजुद फ्रान्सका कप्तान केलियन एमबाप्पेले व्यक्तिगत रूपमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। यस खेलमा दुई गोल थपेसँगै उनले जारी विश्वकपमा १० गोल पुर्‍याउँदै गोल्डेन बुटको दौडमा शीर्ष स्थान कब्जा गरेका छन्। यसअघि आठ गोलसहित अग्रस्थानमा रहेका अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई उनले पछि पारेका हुन्।

यस्तै, विश्वकप इतिहासमा पनि एमबाप्पे सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनका नाम अब विश्वकपमा २२ गोल पुगेका छन् भने मेसी २१ गोलसहित दोस्रो स्थानमा झरेका छन्।

अब प्रतियोगिताको फाइनल खेल मात्र बाँकी रहेकाले मेसीसँग एमबाप्पेलाई उछिन्ने अन्तिम अवसर हुनेछ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।