
फिफा विश्वकपको फाइनल आज स्पेन र अर्जेन्टिनाबीच खेल हुँदैछ। ६० वर्षमा प्रतियोगितामा यी दुई टोली पहिलो पटक आमनेसामने भएका छन्। यो खेल न्यूयोर्कको न्यु जर्सी स्टेडियममा बिहान १२:४५ बजे सुरु हुनेछ।
स्पेन २०१० पछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ। यसैबीच, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग चौथो पटक र लगातार दोस्रो पटक विश्वकप जित्ने मौका हुनेछ। जितले अर्जेन्टिना इटाली (१९३८) र ब्राजिल (१९६२) पछि लगातार दुई विश्वकप जित्ने तेस्रो टोली बन्नेछ।
यस फाइनलको सबैभन्दा ठूलो कथा लियोनेल मेस्सी र लामिन यमलको हो। मेस्सी अर्जेन्टिनाका सुपरस्टार हुन् भने यमल स्पेनका युवा सनसनी हुन्। मेस्सीले स्पेनी क्लब बार्सिलोनाबाट खेलेका थिए। लगभग १९ वर्षअघि बार्सिलोनाको च्यारिटी फोटोसुटको क्रममा मेस्सीले तीन महिनाको यमललाई अँगालो हालेर नुहाइदिएका थिए। त्यतिबेला मेस्सी २० वर्षका थिए। आज त्यही यमलले अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक मेस्सीको सामना गर्नेछन्। यो तस्बिर २०२४ मा भाइरल भएको थियो र अहिले फुटबल इतिहासको सबैभन्दा चर्चित कथाहरू मध्ये एक हो।
मेस्सी गोल्डेन बुटको दौडमा अगाडि छन्। उनले यस विश्वकपमा आठ गोल गरेका छन् र चार पटक असिस्ट गरेका छन्। यसैबीच, स्पेनका मिकेल ओयारजाबाल पाँच गोलका साथ टोलीका सर्वाधिक गोलकर्ता हुन्, जबकि १९ वर्षीय यामाल ३० सफल ड्रिबलका साथ प्रतियोगिताको सबैभन्दा प्रभावशाली विङ्गर रहेका छन्।
दुई टोलीले अहिलेसम्म १४ खेल खेलेका छन्। उनीहरूले छ-छ खेल जितेका छन् र दुई बराबरी खेलेका छन्। विश्वकपमा उनीहरू एक पटक मात्र भेटेका छन्। १९६६ मा अर्जेन्टिनाले स्पेनलाई २-१ ले पराजित गरेको थियो। उनीहरूको अन्तिम भेट २०१८ मा भएको मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ स्पेनले अर्जेन्टिनालाई ६-१ ले पराजित गरेको थियो।
लुइस डे ला फुएन्टेको टोलीले केप भर्डेसँग ०-० को बराबरी खेल्दै सुरुवात गरेको थियो। त्यसपछि स्पेनले लगातार छ खेल जितेर फाइनलमा पुगेको थियो। सेमिफाइनलमा उनीहरूले अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई २-० ले पराजित गरेका थिए।
स्पेनले प्रतियोगिताभरि केवल एउटा गोल मात्र खाएको थियो। गोलकिपर उनाई सिमोनले एकै विश्वकप सिजनमा सबैभन्दा धेरै क्लिन सिट खाने कीर्तिमान छ वटा बनाएका छन्। कप्तान रोड्रीले कीर्तिमान ६४८ सफल पास पूरा गरे।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई पराजित गर्यो, त्यसपछि केप भर्डे, इजिप्ट, स्विजरल्याण्ड र इङ्गल्याण्डलाई हराउँदै लगातार दोस्रो पटक फाइनलमा पुग्यो। ०-२ ले पछि परेको इजिप्ट विरुद्ध ३-२ को जित र सेमिफाइनलमा इङ्गल्याण्ड विरुद्ध २-१ को जितले टोलीको च्याम्पियन मानसिकता प्रदर्शन गर्यो। अर्जेन्टिनाले लगातार सात खेल जितेको छ र यस विश्वकपमा सबैभन्दा धेरै १९ गोल गरेको छ।
काठमाडौं । काठमाडौंको कुलेश्वरमा प्रहरीले गोली चलाएर लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कुलेश्वर पुल नजिक उनीहरूलाई नियन्त्रणमा लिन दुई राउन्ड गोली प्रहार गरेको हो । घटनाका लागि ब्युरोबाट इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोली खटिएको थियो ।
ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोली चलाइएको हो । उनीहरूको साथबाट ठूलो परिमाणमा औषधिजन्य लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
गोली लागेर भारतीय नागरिक घाइते भएका छन् । उनको देब्रे खुट्टामा गोली लागेको छ ।
सामाजिक सञ्जाल फेसबुकको ब्राउजर भर्सनमा समस्या देखिएको छ । आइतबार अपराह्नदेखि ‘साइटमा समस्या’ आएको हो ।
फेसबुकले प्रयोगकर्तालाई दिएको सूचनामा भनिएको छ, ‘साइटमा आएको समस्याका कारण तपाईँको खाता हाल उपलब्ध छैन । हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ । कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस् ।’
आइतबार दिउँसो करिब साढे १ बजेदेखि फेसबुक डाउन भएको हो । डाउनडिटेक्टर वेबसाइटमा समेत फेसबुक सेवामा समस्या देखिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह बास बसेको लटौली सेन्चुरी रिसोर्टबाट जनरल म्यानेजरसहित चार जना कर्मचारी हटाइएका छन् ।
सञ्चालक र उच्च तहका कर्मचारीबीच विवाद भएपछि जनरल म्यानेजर रोशन पुरीसहित चार जना कर्मचारी हटाइएका हुन् ।
चितवनको कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा सूचना चुहिएको विषयलाई लिएर विवाद भएको थियो ।
रिसोर्ट सञ्चालक ज्ञानेन्द्र खड्काले रिसोर्टमा आएका विशिष्ट पाहुना तथा आन्तरिक सूचना बाहिरिएको आरोप लगाएपछि व्यवस्थापन र उच्च तहका कर्मचारीबीच विवाद भएको थियो ।
रिसोर्टसँग आबद्ध एक पूर्वउच्च कर्मचारीका अनुसार खड्काले तल्लो तहका कर्मचारीलाई समेत निगरानीको भूमिकामा परिचालन गर्ने, व्यक्तिगत चिनजानको प्रभाव देखाएर काम गराउने र त्यसका कारण कार्य वातावरण असहज बन्दै गएको थियो ।
यसैबीच, नेटवर्किङ व्यवसायसँग सम्बन्धित ठगी, विवादास्पद व्यापारी गणेश लामासँगको विवाद तथा बिटक्वाइन र क्रिप्टोकरेन्सी सम्बन्धी विषयमा सञ्चालक खड्काको नाम जोडिएको समाचार सार्वजनिक भएको थियो । उक्त समाचार सार्वजनिक भएपछि संचालक खड्का थप असन्तुष्ट बनेको स्रोतको दाबी छ ।
गत असार ७ गतेदेखि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री बालेन शाह परिवारसहित यही रिसोर्टमा तीन दिन बसेका थिए । त्यस क्रममा १६ वटा कोठा बुक गरिएको थियो ।
बालेन रिसोर्टमा बसेको अवधिमा अधिकांश कर्मचारीलाई बिदा दिइएको थियो भने केही समयका लागि सीसीटीभी क्यामेरा समेत बन्द गरिएको थियो । उक्त विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि रिसोर्ट संचालक र कर्मचारीबीच फाटो आएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह बास बसेको लटौली सेन्चुरी रिसोर्टबाट जनरल म्यानेजरसहित चार जना कर्मचारी हटाइएका छन् ।
सञ्चालक र उच्च तहका कर्मचारीबीच विवाद भएपछि जनरल म्यानेजर रोशन पुरीसहित चार जना कर्मचारी हटाइएका हुन् ।
चितवनको कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा सूचना चुहिएको विषयलाई लिएर विवाद भएको थियो ।
रिसोर्ट सञ्चालक ज्ञानेन्द्र खड्काले रिसोर्टमा आएका विशिष्ट पाहुना तथा आन्तरिक सूचना बाहिरिएको आरोप लगाएपछि व्यवस्थापन र उच्च तहका कर्मचारीबीच विवाद भएको थियो ।
रिसोर्टसँग आबद्ध एक पूर्वउच्च कर्मचारीका अनुसार खड्काले तल्लो तहका कर्मचारीलाई समेत निगरानीको भूमिकामा परिचालन गर्ने, व्यक्तिगत चिनजानको प्रभाव देखाएर काम गराउने र त्यसका कारण कार्य वातावरण असहज बन्दै गएको थियो ।
यसैबीच, नेटवर्किङ व्यवसायसँग सम्बन्धित ठगी, विवादास्पद व्यापारी गणेश लामासँगको विवाद तथा बिटक्वाइन र क्रिप्टोकरेन्सी सम्बन्धी विषयमा सञ्चालक खड्काको नाम जोडिएको समाचार सार्वजनिक भएको थियो । उक्त समाचार सार्वजनिक भएपछि संचालक खड्का थप असन्तुष्ट बनेको स्रोतको दाबी छ ।
गत असार ७ गतेदेखि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री बालेन शाह परिवारसहित यही रिसोर्टमा तीन दिन बसेका थिए । त्यस क्रममा १६ वटा कोठा बुक गरिएको थियो ।
बालेन रिसोर्टमा बसेको अवधिमा अधिकांश कर्मचारीलाई बिदा दिइएको थियो भने केही समयका लागि सीसीटीभी क्यामेरा समेत बन्द गरिएको थियो । उक्त विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि रिसोर्ट संचालक र कर्मचारीबीच फाटो आएको थियो ।
काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन् ।
आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताए ।
सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसद्लाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे । तीन दलीय सरकार बनाउनु जनताले दिएको म्यान्डेट भन्दा फरक कुरा भएकाले काँग्रेसले यसलाई स्वीकार गर्न नसक्ने स्पष्ट पारे ।
उनले नेपाली काँग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पारे । सत्तालाई नै सबै थोक मान्ने सोचका कारण वि.सं. २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको तर्क छ ।
राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै थापाले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिले गर्दा राजनीतिको साख गिरेको बताए ।
सभापति थापाले भने, ‘प्रदेश सरकारको सन्दर्भमा धेरैले हाम्रो भूमिका के हुन्छ भनेर सोध्नुहुन्छ । परिणाम जे भए पनि नेपाली काँग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन । विगतका गल्ती दोहोर्याउँदैनौँ । तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेश विपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ ।’
सभापति थापाले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको बताए । उनले काँग्रेस अब सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा मात्र नलागी आफ्ना आधारभूत सिद्धान्त र नागरिकको म्यान्डेटप्रति इमानदार रहनुपर्नेमा जोड दिए ।
संसदीय समितिले देशभरका बालसुधार गृहहरूको भौतिक पूर्वाधारमा सुधार, क्षमता अभिवृद्धि र बालबालिकाको पोषण व्यवस्थापनमा तत्काल कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले ‘बालसुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति’ ले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्दै विभिन्न चार बुँदे निर्देशन जारी गरेको हो ।
समितिकी सभापति समीक्षा बास्कोटाले समितिको तर्फबाट बालसुधार गृहको अवस्थालाई थप व्यवस्थित बनाउन निर्देशन दिइन् । उपसमितिको प्रतिवेदनमाथि बैठकमा प्राप्त रचनात्मक र व्यवहारिक सुझावहरूलाई समेटेर यसलाई थप नतिजामुखी बनाउने र परिमार्जित प्रतिवेदनलाई समितिको आगामी बैठकमा पेस गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइने निर्णय भएको बताइन् ।
रुपन्देहीस्थित बालसुधार गृहको भवन साँघुरो र अनुपयुक्त रहेको स्थलगत अनुगमनबाट देखिएकाले उक्त सुधार गृहलाई तत्काल जिल्ला समन्वय समिति रुपन्देहीको नवनिर्मित भवनमा स्थानान्तरण गर्न निर्देशन दिइन् । यसका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका निकायसँग समन्वय गरी तत्काल कार्य सम्पादन गर्न निर्देशन दिइन् ।
सुधार गृहहरूमा बढ्दो चाप र सीमित भौतिक पूर्वाधारलाई मध्यनजर गर्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन निर्देशन दिइएको छ । बालबालिकाहरूलाई उनीहरूको अवस्था र आवश्यकता अनुकूल राख्ने प्रबन्ध मिलाउन र सरोकारवाला निकायहरूसँग सहकार्य गरी शीघ्र कार्य सुरु गर्न मन्त्रालयलाई निर्देशन दिइएको छ र सुधार गृहमा रहेका बालबालिकाहरूले हाल कैदीबन्दी सरह पाउँदै आएको दैनिक ‘सिधा’ र रकम उनीहरूको उमेर तथा शारीरिक आवश्यकताका लागि अपर्याप्त देखिएकाले यसमा सुधार गर्न समितिले सरकारलाई भनेको छ । बालबालिकाको पोषण र खाद्य व्यवस्थापनका लागि तत्काल आवश्यक निर्णय गरी कार्यान्वयन गर्न महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिइन् ।
सर्लाही । सर्लाहीको मलंगवामा एक युवक प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका छन्। गोडैता नगरपालिका–९ बकैनियाका अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका हुन्।
टावरमा पुगेपछि हुसेनले आफ्ना एक साथीलाई फोन गरी आफू माथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटनाबारे प्रहरीलाई खबर पुगेको थियो।
प्रहरीका अनुसार हुसेनले आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न पाउनुपर्ने माग राख्दै टावरबाट हामफाल्ने चेतावनी दिएका थिए।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उनलाई सुरक्षित रूपमा उद्धार गरेको जानकारी दिए।
‘उहाँलाई सम्झाइ–बुझाइ गरेर सकुशल तल झारिएको छ’ डीएसपी गौतमले भने।
प्रारम्भिक जानकारीअनुसार हुसेन सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत छन्। उनी र सोही क्याम्पसमा अध्ययन गर्ने एक युवतीबिच प्रेम सम्बन्ध रहेको बताइए पनि घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेकपा (एमाले) ले संसद्मा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आज संघीय संसद्का आफ्ना सांसदहरूसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ ।
पार्टीको संसदीय विभागले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने विभागका प्रमुख एवं पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन् ।
अर्यालका अनुसार संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद् सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरूलाई जानकारी गराउने छन् । उनले संसदीय समितिहरूका अधिकार क्षेत्र र समितिमा उठाउनु पर्ने विषयका बारेमा समेत जानकारी दिनेछन् ।
यसैगरी पार्टी महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिने अर्यालले बताइन् । उनका अनुसार हरेक सांसदले पार्टी नीति अनुरूप संसद्मा भूमिका निर्वाह गर्नुपर्ने भएकोले सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग पनि समन्वय र परामर्श गर्नुपर्ने विषयमा पनि महासचिव पोखरेलले स्पष्ट पार्नेछन् ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यक्रममा सहभागी हुन सम्पूर्ण विभाग प्रमुख र विभागका पूर्व सदस्यहरूलाई पनि जानकारी गराइएको छ । सम्बन्धित विभागहरूले विषय विज्ञता भएका व्यक्तिहरूको नाम सिफारिस गरेर सांसदहरूलाई संसदीय विषयवश्तुहरुमा आवश्यक पर्दा परामर्श दिने रोस्टर बनाउने छ । कार्यक्रममा दुवै सदनका सांसदहरू सहभागी हुनेछन् ।
काठमाडौँ। फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा इङ्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।
इङ्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि १८औँ मिनेटमा एज्री कोन्साले गोल थप्दै टोलीलाई २–० को अवस्थामा पुर्याए। पहिलो हाफमै बुकायो साकाले ३७औँ र इन्जुरी समयको ४६औँ मिनेटमा लगातार दुई गोल गर्दै इङ्ल्यान्डलाई ४–० को सहज अग्रता दिलाए। पहिलो हाफ समाप्त हुँदा इङ्ल्यान्ड चार गोलले अगाडि थियो।
दोस्रो हाफ सुरु भएलगत्तै फ्रान्सले शानदार पुनरागमनको प्रयास गर्यो। ४८औँ मिनेटमा कप्तान केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सको खाता खोले। त्यसपछि ५४औँ मिनेटमा ब्राडली बार्कोलाले एमबाप्पेको पासमा गोल गरे।
६६औँ मिनेटमा माइकल ओलिसेको सहयोगमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए। फ्रान्सले मात्र १८ मिनेटको अन्तरमा तीन गोल फर्काएर खेललाई रोमाञ्चक बनाएको थियो।
तर ८७औँ मिनेटमा पेनाल्टीमार्फत बुकायो साकाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र इङ्ल्यान्डलाई ५–३ को अग्रता दिलाए।
इन्जुरी समयको ९६औँ मिनेटमा ओस्मान डेम्बेलेले फ्रान्सका लागि अर्को गोल गरे पनि त्यसको दुई मिनेटपछि जुड बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको ६–४ को जित सुनिश्चित गरे।
यो जितसँगै इङ्ल्यान्डले विश्वकप २०२६ मा तेस्रो स्थानमा रह्यो भने फ्रान्स चौथो स्थानमा सीमित भएको छ।
हारका बाबजुद फ्रान्सका कप्तान केलियन एमबाप्पेले व्यक्तिगत रूपमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। यस खेलमा दुई गोल थपेसँगै उनले जारी विश्वकपमा १० गोल पुर्याउँदै गोल्डेन बुटको दौडमा शीर्ष स्थान कब्जा गरेका छन्। यसअघि आठ गोलसहित अग्रस्थानमा रहेका अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई उनले पछि पारेका हुन्।
यस्तै, विश्वकप इतिहासमा पनि एमबाप्पे सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनका नाम अब विश्वकपमा २२ गोल पुगेका छन् भने मेसी २१ गोलसहित दोस्रो स्थानमा झरेका छन्।
अब प्रतियोगिताको फाइनल खेल मात्र बाँकी रहेकाले मेसीसँग एमबाप्पेलाई उछिन्ने अन्तिम अवसर हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ अनुभवले आत्मविश्वास बढाउनेछ। आम्दनी बढाउने काम प्रारम्भ गर्न सक्नुहुनेछ। वाद विवादबाट टाढा रहनुहोस्। अतिथिको रुपमा सत्कार प्राप्त हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अवसरलाई समयमै उपयोग गर्नु बुद्धिमानी हुनेछ। चुनौतीहरू पन्छाउदै आफ्नो काम बनाउने समय रहेको छ। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सकारात्मक सोचले सफलता नजिक ल्याउनेछ। अनावश्यक साइनो गाँस्नेहरूबाट सावधान रहनुहोला। परिवारको तर्फबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धैर्यपूर्वक अघि बढ्दा राम्रो परिणाम प्राप्त हुनेछ। विद्यार्थीहरूलाई गुरुजनहरुको सहयोग मिल्नेछ। दिन समग्रमा उत्साहजनक रहने संकेत रहेको छ।आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफुले गरेको कामबाट अरुले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ कार्यप्रति मन आकर्षित हुनेछ। कला वा संगीतको क्षेत्रमा सफलता मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चिताएका काम समयमा सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा पहिला लिएका निर्णयहरूबाट लाभ मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिश्रमले भविष्यका लागि बलियो आधार तयार गर्नेछ। अध्ययनमा कमजोरीको अनुभूति हुनेछ। अनावश्यक कार्यहरूमा समय खर्च हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नोकरी वा पेशामा अधिकारीहरूको साथ र सहयोग पाइनेछ। मेहनतीहरुलाई राम्रो परिणाम प्राप्त हुनेछ। विभिन्न भौतिक संसाधन जुटाउने अवसर मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बाँकी रहेका काम एक–एक गर्दै सकिँदै जानेछन्। घर वा कार्यस्थल मिलाउँदा नयाँ जाँगर आउनेछ। सानो परिवर्तनले दिनलाई अझ व्यवस्थित बनाउनेछ। शरीरलाई थकान महसुस भए आराम गर्न नबिर्सनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साथीभाइसँगको भेटले दिनलाई रमाइलो बनाउनेछ। पुरानो सम्बन्ध फेरि नजिकिने संकेत देखिनेछ। कसैलाई दिएको सहयोगको राम्रो प्रतिफल पाउन सक्नुहुनेछ। सानो खुसीले पनि दिनभरि मुस्कान कायम रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धैर्य राख्दा धेरै कुरा सजिलै मिल्नेछन्। आफ्नो अनुभव प्रयोग गर्ने अवसर आउनेछ। अरूको कुरा बीचमै नकाटी पूरा सुन्नु राम्रो हुनेछ। घरमा शान्त वातावरण रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दैनिक कामबाट केही फरक अनुभव मिल्नेछ। बाहिर निस्कँदा उपयोगी भेट हुन सक्छ। मन लागेको काम सुरु गर्ने उत्साह बढ्नेछ। परिवारसँग बिताएको समयले दिनलाई अझ रमाइलो बनाउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।





