मोहन बिक्रम सिंहले श्रीमती जिताउन देश भरिबाट कार्यकर्ता प्युठानमा उतारे

0
4299

मंसिर १२ प्युठान-मोहन बिक्रम सिंहले अधिराज्य भरिका कार्यकर्ता प्युठानमा उतारेका छन् ।५ बर्ष सम्म संसदमा भएर प्युठानको लागि सिंको समेत भाच्न नसकेकि दुर्गा पौडेललाई फेरि संसदमा पुर्याउन उनका पति मोहन बिक्रम सिंहले मसालका देशै भरिबाट कार्यकर्ताहरलाई आफ्नो कान्छी श्रीमतीलाई जीताउन प्युठानमा उतारेका छन् ।, आज सम्म अर्ध भुमिगत जीवन बिताएका मोहन बिक्रम सिंह आजभोली खुल्ला रुपमा आई आफ्नो कान्छि श्रीमतीलाई जीताउनको लागि परेकका छन् यस भन्दा अगाडी भएका बिभिन्न निर्वाचनहरुमा यसरी खुल्ला रपमा हिंडेका थिएनन् । उनले परिवारीक स्वार्थकोलागि प्युठानलाई अधार ईलाका बनाई आम प्युठान बासीलाई मुर्ख बनाउदै छन् .।

संसदिय ब्यवस्थाको सधैब बिरोध गर्दै आएका उनी माओवादी र एमालेलाई संसदिय ब्यवस्थाको फोहोरी खेलमा लागे भनेर  सधैब आरोप लगाउने उनी आज त्यही संसदिय बयवस्थामा आफ्नो कान्छि श्रीमतीलाई पुर्याउन आज तीनै माओवादी र एमालेका बुँई चढ्न समेत पछि परेनन् । उनी आफ्नो परिवार बादमा यती लिप्त छनु कि गएका स्थानिय निर्वाचनमा उनका भतिजा तिलक बिसी झिमरु गाउँ पालिकाको अध्यक्ष,भाई बुहारी उपप्रमुख अर्का भतिजी सरिता जिसि मलरानी गाउँपालिकाको उपप्रमुख छिन् । त्यस्तौ अर्का भतिजालाई वडा अध्यक्ष बनाएका छन् । उनका पार्टीका इमान्दार कार्यकर्तालाई पुरै त्यग्न समेत पछि परेनन् । यसबाट पुष्ठि हुन्छ कि उनी परिवार बादमा कती  लिप्त छन् भन्ने आज तीनै आफ्नो कान्छि श्रीमतीलाई जीताउन् शिक्षक, ब्यपारीहरुबाट करोडै पैसा जम्मा गरि देश भरिका मसालका कार्यकर्तालाई प्युठान कब्जा गर्ने उदेश्यले उतारेका छन् । 

प्युठानमा प्रतिनिधि सभाको लागि उनको कान्छि श्रीमती दुर्गा पौडेल र नेपाली काग्रेसका बिकास प्रेमी तथा बौद्धिक नेता प्रा.डा. गोबिन्द पोख्रेल बीच प्रतिस्पर्धा छ । प्युठान मतदाताहरुले अब बिकास प्रेमी नेतालाई जिताउँछन् कि परिवारबादलाई ? यसको फैसला मंसिर २१ गतेको चुनावले गर्नेछ ।