विनोद चौधरीको निधनमा काँग्रेसद्ररा दुःख व्यक्त ।

0
460

१३ मंसिर , काठमाडौँ । नेपाली काँग्रेसले दाङको तुलसीपुरमा काँग्रेसद्वारा आयोजित आमसभास्थल नजिक मंगलबार बम विस्फोटनमा परी मृत्यु हुनुभएका म्यादी प्रहरी विनोद चौधरीको निधनमा दुःख व्यक्त गरेको छ ।पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । काँग्रेसले मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका १८ वर्षीय चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । अन्य घाइतेको कोहलपुर मेडिकल कलेज र राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको काँग्रेसले जनाएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा तुलसीपुरमा आयोजित चुनावी सभामा पुग्दै गर्दा मङ्गलबार अपराह्न बम विस्फोट भएको थियो ।