२०८३ भाद्र २ गते मंगलवार
२०८३ भाद्र २ गते मंगलवार

जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि

नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको मंगलवार अन्तिम संस्कार गरिएको छ । ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौँको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो ।

विगत ६ दशकदेखि साहित्य सिर्जनामा अनवरत रूपमा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा कविता, गीत तथा साहित्यका विभिन्न विधामा कलम चलाएका थिए ।

विशेष गरी नेपाल भाषाको साहित्यमा उनको अतुलनीय योगदान रहेको छ, जहाँ उनका एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । साहित्य क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई दुई दशकअघि नेपाल भाषा परिषद्ले ‘जनकवि’को उपाधि प्रदान गरेको थियो । त्यसैगरी, उनलाई सन् २०१० (वि.सं. २०६७० मा प्रतिष्ठित ‘जगदम्बा श्री पुरस्कार’ बाट समेत सम्मानित गरिएको थियो ।

श्रेष्ठको अन्तिम बिदाइका क्रममा निकालिएको शवयात्रामा राजनीतिक दलका नेता, मन्त्री तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली अर्पण गर्न नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल लगायतका उच्च पदस्थ व्यक्तिहरू शोभा भगवती पुगेका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।