२०८३ मंसिर १ गते सोमबार
२०८३ मंसिर १ गते सोमबार

एनपीएल : पाेखराले काठमाडौंलाई हरायाे, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

 राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडाैं गोर्खाजलाई हराएको छ।

 २२५ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे काठमाडौं १९.५ ओभरमा १६९ रनमा राेकियाे। जसमा साहिल पटेलले ३४,राशिद खानले ३१ रन बनाए। पाेखराकाे विपिन खत्रीले ३ र दिनेश खरेलले ४विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पाेखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२४ रन बनायाे।  याे लक्ष्य एनपीएल ईतिहासकै उच्च हाे। जसमा कुशल भुर्तेलले ९९,युवराज सामराले ८९ रन बनाए। काठमाडौंका कप्तान करण केसीले २ र जहानदाद खानले १ विकेट लिए। प्लेअफ पुगिसकेको काठमाडौं आजकाे हारपछि अब इलिमिनेटर चितवन राइनाेजसँग खेल्नेछ। पाेखरा यसअघि नै बाहिरिसकेकाे थियाे।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।