२०८३ भाद्र १० गते बुधबार
२०८३ भाद्र १० गते बुधबार

मोदीले गरे प्रधानमन्त्री बालेनलाई फोन, भने– सबै सहयोग गर्न तयार छौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

मोदीले बाढीबाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपालका नागरिकसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन् ।

‘प्रधानमन्त्री बालेन्द्र साहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेँ,’ मोदीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन् ।

मोदीका अनुसार भारतका उद्धार तथा राहत टोलीले नेपालमा भइरहेको उद्धार तथा राहत कार्यमा नजिकबाट समन्वय गरिरहेका छन् ।

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले रसुवासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।