२०८३ भाद्र २० गते शनिबार
२०८३ भाद्र २० गते शनिबार

ग्यासको मूल्य बढेकोप्रति आयल निगमले भन्यो- मासुको तुलनामा ग्यास महँगो होइन

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । कार्यकारी निर्देशक साहले निगमले हाल प्रतिसिलिण्डर ४ सय रुपैयाँ घाटा व्यहोरेर ग्यासको कारोबार गरिरहेको जानकारी दिए ।

उनले व्यवसायीहरूले पनि घाटामा कारोबार गर्नुपरेको गुनासो गरिरहेको सन्दर्भ उल्लेख गर्दै उपभोक्ताले मूल्य महँगो भएको भनी गर्ने गुनासोलाई व्यावहारिक रूपमा हेर्नुपर्ने बताए । उनले नेपालमा उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने वस्तु भएकोले मूल्यभन्दा पनि आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

मूल्यको तुलना गर्दै साहले भने, ‘आज बजारमा एक किलो मासुलाई १७ देखि १८ सय रुपैयाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ । तर करिव २१ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्छ । यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने ? पैसा २१ सय रुपैयाँ हुनु ठूलो कुरा होइन, मुख्य कुरा उपभोक्तालाई प्राथमिकता दिएर उनीहरूको चुलो कसरी बाल्ने भन्ने हो । यो हामी सबैको साझा दायित्व हो ।’

उनले बाढीपहिरोका कारण आपूर्ति प्रणालीमा चुनौती थपिएको भएपनि निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै आपूर्ति सहज बनाउन अधिकतम प्रयास गरिरहेको स्पष्ट पारे ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।