२०८३ भाद्र ३० गते मंगलवार
२०८३ भाद्र ३० गते मंगलवार

बाढी प्रभावितका लागि स्वास्थ्य सेवा दिँदै आर्या फार्मा

बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग गर्दै आएको आर्या फार्मा ल्याब प्रालिले नुवाकोटमा स्वास्थ्य सेवा विस्तारका लागि चितवन मेडिकल कलेजसँग सहकार्य गरेको छ।

सहकार्यअन्तर्गत बाढी प्रभावित विदुर नगरपालिकाका नागरिकलाई लक्षित गरी सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। शिविर विदुर नगरपालिका–७ स्थित सलोचना स्कुल, वडा नं. ५ स्थित त्रिशूली विद्यालय र वडा नं. ९ स्थित भैरवडाँडामा सञ्चालन गर्ने तयारी गरिएको छ।

शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श, विभिन्न रोगको परीक्षण र आवश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ। थप उपचार आवश्यक पर्ने बिरामीको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था पनि मिलाइने आर्या फार्मा ल्याबले जनाएको छ।

यसअघि आर्या फार्मा ल्याबले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो। राहत सामग्री सहयोगपछि प्रभावित समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ।

बाढीपछि प्रभावित परिवारमध्ये कतिपयलाई स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा भौगोलिक कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै समुदायमै स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम अघि बढाइएको हो।

बाढीपछिको अवस्थामा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य परीक्षण र उपचार सेवा आवश्यक रहेको भन्दै आर्या फार्मा ल्याबले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सेवाको अभियानलाई निरन्तरता दिएको जनाएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।