२०८३ आश्विन २४ गते शनिबार
२०८३ आश्विन २४ गते शनिबार

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा विशेष सांस्कृतिक कार्यक्रम

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो तथा ऐतिहासिक सांस्कृतिक उत्सव इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका दरवारक्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै इन्द्रजात्राको सुरुवातलाई थप उत्साहपूर्ण बनाएका छन् ।

नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्दै युवापुस्तालाई आफ्नो मौलिक संस्कृति तथा परम्परासँग जोडिन प्रेरित गरिएको थियो ।

इन्द्रजात्राको जीवन्त वातावरण, सांस्कृतिक विविधता र ऐतिहासिक गरिमालाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले विभिन्न सांस्कृतिक गतिविधिमार्फत उत्सवको रौनक बढाएका छन् । कार्यक्रममा स्थानीय संस्कृति, कला तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा जोड दिइएको थियो ।

एक्स्ट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहभागी हुँदै आफ्नो सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै आएको जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।