धनकुटामा एमाले उम्मेदवारलाई पछ्याउदै राप्रपा प्रजातान्त्रिकका उम्मेवार

0
301

मंसिर २२,धनकुटा । स्थानीय चुनावमा एमालेले क्लिन स्वीप गरेको धनकुटा जिल्लामा पनि मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ । पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले अग्रता लिइरहेका छन् भने उनलाई राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापाले पछ्याइरहेका छन् ।

शुक्रबार साँझसम्मको परिणाम अनुसार एमालेका राजेन्द्र राईले ११८६ मत पाएका छन् भने राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापाले ९८४ मत पाएका छन् ।

अहिले चौवीसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाको मतगणना भइरहेको छ ।

प्रदेशसभातर्फ ‘क’ मा कांग्रेसका रुपनारायण श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले ५९४ मत ल्याउँदा एमालेका इन्द्रमणि पौडेलले ५२६ मत पाएका छन् ।

प्रदेश ‘ख’ मा एमालेका निरन राईले ५८९ मतका साथ अग्रता लिएका छन् । त्यहाँ संघीय समाजवगादी फोरमका अर्जुन थापाले २४५ म पाएका छन् ।