
राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको सुन्दरहरैँचाबाट पक्राउ परेका छन् ।
मोरङ प्रहरीका अनुसार दाहाललाई आइतबार बिहान सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ गरिएको हो ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि साइबर ब्युरोको आग्रहमा दाहाललाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार दाहाललाई आवश्यक अनुसन्धानका लागि आइतबार नै जहाजमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ ।
‘दिउँसो २ बजे जहाजमार्फत काठमाडौं पठाउने तयारी छ,’ प्रहरी उपरीक्षक कटवालले भने ।
उनका अनुसार दाहालविरुद्ध मोरङमा भने कुनै उजुरी परेको छैन । काठमाडौं पठाइएपछि साइबर ब्युरोले उनीमाथिको अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।
दाहाल राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन असोज २ गते पूर्वी नेपाल आएका थिए । शनिबारको छलफल सकेर आइतबार काठमाडौं फर्किने तयारीमा रहेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पछिल्लो समय दाहालले सरकार तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा सार्वजनिक रूपमा धारणा राख्दै आएका थिए । उनले विशेषगरी बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारका विषयमा आलोचनात्मक अभिव्यक्ति दिँदै आएका थिए ।
दाहालका सहकर्मीहरूले भने उनको पक्राउलाई राजनीतिक विचार तथा सत्ता र शासन व्यवस्थामाथि प्रश्न उठाउँदै आएको आवाजमाथिको धरपकडका रूपमा व्याख्या गरेका छन् । उनीहरूले पछिल्लो राजनीतिक घटनाक्रमपछि राज्य संयन्त्रको दुरुपयोग भएको आरोप लगाएका छन् ।
प्रहरीले भने दाहाललाई कुन अभिव्यक्ति वा कसुरसँग सम्बन्धित उजुरीका आधारमा पक्राउ गरिएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन । दाहालमाथिको अनुसन्धान अघि बढेपछि घटनाको थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो ।
नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउनेछ । ईडीएलभिआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सिधैं सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ । यसबाट लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको पुरानो समस्या समाधान हुनेछ ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ ।
सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफैं छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ । सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ । यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु गरेको हो ।
प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राखी यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइको व्यवस्था मिलाइएको छ ।
नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु भएपछि प्रदेशअनुसार छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको छ ।
रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो । फेला परेका मृतकको विवरणमा ५४९ पुरुष, ३३६ महिला तथा ५२६ वटा आंशिक मानव अंगहरू रहेका छन् । बाढीमा परेर अझै ५ हजार ८७५ जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण विभिन्न जिल्लाहरूमा मानवीय क्षति पुगेको छ । संकलित विवरण अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको मृत्यु भएको छ । यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७२, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको ज्यान गएको छ । खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७८४ जनाको सकुशल उद्धार गरिएको छ ।
उद्धार कार्यमा नेपाली सेनामार्फत हालसम्म १ हजार ६९२ र सशस्त्र प्रहरी बलमार्फत ३२० वटा हवाई उडान सम्पन्न भएका छन् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)एकाग्रताको साथमा मेहनत गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मान सम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुन सक्छ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज ऊर्जावान महसुस गर्नुहुनेछ। अधिकारी वर्गहरूबाट सहयोग पाइएला। नयाँ कार्य गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरुलाई उच्च शिक्षाका नयाँ अवसर मिल्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)अर्थभावले चिताएको कार्य सम्पादन गर्न गाह्रो हुनेछ। आर्थिक वा व्यावसायिक क्षेत्रमा सुधार हुनेछ। सेवा गर्ने भाव जागृत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)धार्मिक र आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। कानुन विपरीत कार्य नगर्नुहोला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)कार्यक्षेत्रमा विरोधी तत्त्वहरू सक्रिय रहनेछन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोला। व्यापार व्यवसायमा सफलता मिल्नेछ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ४ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सबल हुनेछन्। प्रेम सम्बन्ध छ भने विवाहका कुरा अगाडि बढाउन सक्नुहुनेछ। आर्थिक पक्ष राम्रो रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा वरिष्ठजनहरुको सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा आसमर्दो कार्य सम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर हुन सक्नुहुनेछ। घरपरिवारमा भाइबहिनीहरूको साथ र सहयोग मिल्नेछ। पायक स्थानमा यात्राका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। घरको साज सजावटमा धन खर्च होला। आध्यात्म र विज्ञान दुवैमा रूचि उत्पन्न हुनेछ। आँटेको कार्य सम्पादन गर्न सकिएला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तहरूसँग रमाइलो समय बित्नेछ। पहिला गरिएको कार्यको प्रशंसा हुनेछ। दाम्पत्य जीवनमा प्रेम सम्बन्ध सुमधुर रहनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। कानुनी मामिलाहरू सुल्झिनेछन्। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।





