उपप्रधान तथा शिक्षा मन्त्री श्रेष्ठ स्याङ्जा–२ बाट हारे , एमालेकी पद्मा बनिन् सांसद ।

0
351

२७ मंसिर , स्याङ्जा । सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट पराजित भएका छन् । श्रेष्ठ एमालेकी पद्मा अर्यालसँग ३ हजार ७ सय ६ मतान्तरले पराजित भएका हुन् । निर्वाचित अर्यालले ३५ हजार १ सय ४२ मत ल्याएकी छन् । श्रेष्ठ ३१ हजार ४ सय ३६ मतमा रोकिएर पराजित भए ।स्याङ्जामा प्रतिनिधिसभाको दुवै क्षेत्रमा एमालेको पल्लाभारी भएको छ ।