प्रजातन्त्र रक्षार्थ टर्कीमा जन प्रदर्शन,कु गर्न खोज्नेलाई मृत्युदण्ड दिइने

0
819

साउन २ काठमाण्डौ एजेन्सी। प्रजातन्त्र रक्षाको माग गर्दै टर्कीमा हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् । सेनाको एक समूहले गरेको ‘कू’को प्रयास असफल भएपछि नागरिकले प्रजातन्त्र रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् । इस्तानबुलसहित देशका मूख्य शहरमा ठूलो संख्यामा नागरिक प्रदर्शनमा उत्रिएर कू मा संलग्नलाई फासी दिन माग गरेका छन् । सेनाको समूहले गरेको कू को प्रयास २४ घण्टाभित्र असफल पारिएको थियो ।turkey_army_takeover_9

संसदको विशेष सत्रपछि राष्ट्रपति रिसेप टाइप एर्डोगानले समर्थकलाई सम्बोधन गर्दै अमेरिकामा रहेका ७५ वर्षका धर्म गुरु फतहुल्लाह गुलेन कू गराउन संलग्न रहेको पाइएको छ । अमेरिकाले धर्मगुरु गुलेनविरुद्ध कुनै पनि प्रमाण भए त्यसलाई सार्वजनिक गर्न आग्रह गरेको छ । यसैबीच कू को प्रयास असफल भएपछि दुई हजार ८ सय ३९ सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनिक जर्नेल पनि छन् । ‘कू’ को प्रयासपछि भएको झडपमा सर्वसाधारण नागरिक र प्रहरी गरी एक सय ६१ जना मारिएका छन् ।