ने बि संघको सभापति बन्न लक्ष्मण आचार्यले ल्याए ६ बुंदे मार्ग चित्र ।

0
801

साउन २० काठमाण्डौ । नेपाली कांग्रेसको शसक्त भातृ संगठन नेपाल बिद्यार्थी संगको ११ औं महाधिबेशनको मिती नजिंकीदै जांदा नेतृत्वमा जान चाहनेहरुको संख्या बाक्लो देखिएको छ । बिगत आठ बर्ष देखि महाधिबेशन हुन नसक्दा नेतृत्वमा जान चाहनेहरुको लामो लाईन लागेको छ ।

यति बेला कांग्रेस बिभिन्न गुट उप गुटमा बिभक्त भएकाले नेबिसंघमा पनि नेता पिछेका गुट बनेको छ । सभापतिको आकांक्षीहरुमा धेरैले इच्छा देखाएर चुनावी प्रचारको मैदानमा उत्रिए पनि बिभिन्न जिल्लाबाट आएका प्रतिनिधीको बिषयमा बिबाद कायमै छ ।

कुनै गुट पार्टी कार्यालय सानेपामा आमरण अनसनमा छ भने कुनै नेतृत्व हत्याउन नेताको घर दैलोमा अड्डा जमाएर बसेका छन त कुनै प्रतिनिधिको खोजी गर्दै हार गुहार गरि रहेका छन् । अझ भृकुटि मण्डप नै नेबिसंगको प्रचार केन्द्रको रुपमा स्थापीत भएको देख्न पाइन्छ । यहि माझमा गुटगत राजनीतिको अन्त्य हुनु पर्छ भन्दै स्वतन्त्र रुपमा उम्मेद्धारी घोषण गर्ने र प्रचार गराउनेहरुको पनि कमी रहेन ।

आफुलाई कुनै पनि गुट र नेताको आर्शिबाद नभएकोले सिंगो नेबिसंघलाई बलियो बनाउनका लागि भन्दै लक्ष्मण आचार्य चुनावि मैदानमा उत्रिएका छन् । आचार्यले आफु नेबिसंघको अध्यक्ष भएमा बिद्यार्थीको हक अधिकारका साथै संगठनलाई मजबुत बनाउन पहल गर्ने भन्दै प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् ।DSC00106

नेबिसंघ बिद्यार्थीहरुको संगठन भएको हुनाले सम्मुर्ण रुपमा यो संगठनलाई शैक्षिक उन्नयन बिकास,र शैक्षिक सुधारमा मात्रै केन्द्रित गर्ने ।
गुट गुटमा बिभाजीत भएर चिरा चिरा परेको संगठनलाईलाइ गुटहरुको अन्त्य गर्दै आन्तरीक न्याय र विबेक पनि छ है भन्ने सन्देश दिनका लागि ।
हरेक पार्टीहरुका भात्रृ संगठनहरुको काम, कर्तब्य र अधिकार प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको प्राप्ती पछि सुमाजमा यसको अर्थ र उपादेयता के हो भन्ने स्थापित गर्न ।
हरेक अन्याय,अभाव र समस्यामा परेका बिद्यार्थीहरुले आफ्नो नेतृत्वसंग सहज पहूंच पुर्याएर समस्याबाट मुक्त हुने वाताबरण निर्माण गर्न ।
कांग्रेस मूल पार्टी र त्यसका हामी भातृसंस्था देशमा गणतन्त्र,संघियता,संबिधान जारी गर्दाका बखत जनतासंग गरेका बाचाहरुलाई प्रयोगमा ल्याउने काम गर्न यो संगठनले सबै जिल्लामा सहयोगी भूमिका खेल्न सक्छ ।
आठ आठ बर्ष सम्म नियमीत बिधानतः गरिएको ब्यबस्थालाई पदका कारणले वा अन्य कारणले अबरोध गर्ने चरित्र,स्वभाव र प्रबृत्तिको अन्त्य गर्न ।
माथि उल्लेखित मुद्धालाई कार्यान्वयन गर्दै भातृसंगठन र माउ पार्टिीलाई बलियो बनाउने उद्धेश्यका साथ आचार्यले सभापतिमा उम्मेद्धारी दिएको घोषण गरेका छन् भने अन्य उम्मेद्धारले पनि प्रचारात्मक शैली प्रयोग गर्दै मत माग्न लागि परेका छन् । यहि २३ गतेबाट राजधानीको भृकुटि मण्डपमा हुने महाधिबेशनको चटारोका बिद्यार्थीहरु लागे पनि प्रतिनिधि बिबाद र कस्लाई कुन पदमा विजय गराउने भन्नेमा पाटिृका नेताहरु निष्कर्षमा नपुगेकाले महाधिबेशन सम्पन्न हुनेमा आशंका उत्पन्न भएको कतिपयको बिश्लेषण छ ।