२०८१ माघ २९ गते मंगलवार
२०८१ माघ २९ गते मंगलवार

पोखरा । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउन रायसहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज (सोमबार) सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको डिएसपी बसन्त शर्माले जानकारी दिएका छन् ।

सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ। अहिले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईसहित ५१ जनामाथि मुद्दा चलाउन प्रहरीले राय दिएको हो ।

यीमध्ये कतिपयविरूद्ध पहिल्यै अदालतमा मुद्दा गएर धरौटी वा कारागारमा रहेको अवस्था छ भने धेरैजसो फरार छन् । प्रहरीले एक अर्ब ५१ करोड हाराहारीमा बिगो रकमको दाबी गरेको पनि डिएसपी शर्माले बताएका छन् । प्रहरीले प्रतिवेदन बुझाएसँगै अब केही दिनमै सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्नुपर्नेछ ।

भ्याएसम्म मंगलबार नै अदालतमा मुद्दा दर्ता गर्नेगरी सरकारी वकिलको कार्यालयले काम गरिरहेको छ । नभ्याएको अवस्थामा भने सरकारी वकिलले थप हिरासतमा राख्न म्याद माग्ने तयारी गरिरहेको हो । गत वर्ष माघ २२ गते दिएको पूरक जाहेरीका आधारमा प्रहरीले उनीहरूविरूद्ध अनुसन्धान गरेको हो । प्रहरीले असोज ६ गते पूर्व डीआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो भने असोज ९ गते लिला पछाई समातिएका थिए ।

रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो । त्यस्तै, रामप्रसाद खनाललाई कात्तिक ९ गते पक्राउ गरिएको थियो । लामिछानेसहित चारै जनाविरूद्ध चितवन, रूपन्देही, पर्सा र काठमाडौंमा पनि अनुसन्धान जारी छ ।

चितवनमा सहारा सहकारी, रूपन्देहीको सुप्रिम सहकारी, पर्साको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा उनीहरूविरूद्ध अनुसन्धान भइरहेको थियो । सहकारी ठगीबारे संसदीय विशेष छानबिन समितिले लामिछानेसहित विभिन्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न सुझाव दिएको थियो । समितिले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरेको थियो ।

काठमाडौँ। सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर्‍याएको छ ।

जग्गादानको घोषणाविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो । न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले केहीबेरअघि रिट निवेदन खारेज गरेको विवरण सर्वोच्च अदालतले वेबसाइटमा राखेको छ । तर आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।

गत दसैँको फुलपातीको दिन भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले एमाले केन्द्रिय कार्यालयका लागि जग्गा दान दिने घोषणा गर्दै अर्कोवर्षभित्र भवन समेत बनाइदिने घोषणा गरेका थिए ।

कतिपय मुद्दाहरूको सामना गरिरहेका व्यक्तिबाट सत्तारुढ दलले सहयोग लिँदा स्वार्थको द्वन्द्व हुने र त्यसले नीतिगत मामिलामा समेत असर पर्ने भन्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेत लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

 

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन आदेश गरेको छ ।  जिल्ला अदालत काठमाडौँले  थुनामा पठाएपछि उनीहरु उच्च अदालत पाटन पुगेका थिए ।

न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले  पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको हो । दुवै प्रतिवादीलाई २०८१ भदौ २ गते  जिल्ला अदालत काठमाडौँले थुनामा  पठाउने आदेश  गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झाविरुद्ध पूरक अभियोग दर्ता भएको थियो भने पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा विरुद्ध सुरुमै अभियोग पत्र दायर भएको थियो । उनी तत्कालीन समयमा फरार रहेका थिए ।

पछि अदालतमा पक्राउ गरेर पेस गरेपछि पुर्पक्षका लागि थुनामा पठाएको थियो । दुवै मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ। उक्त मुद्दामा नेपाली काग्रेसका नेता बालकृष्ण खाण एमाले नेता टोपबहादुर रायमाझी र निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी रहेका छन् ।

 
 

काठमाडौँ । घुससहित पक्राउ परेका एक नायव सुब्बाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायव सुब्बा अशोककुमार यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी घुस मागेको अभियोगमा अख्तियारको टोलीले उनलाई २० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको थियो । उनले सेवाग्राहीबाट २० हजार घुस लिएको पुष्टि भएकाले कानुन बमोजिम कैद सजाय गरी बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकदले पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं काठमाडौं नगरपालिका पूर्वनगर प्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले नेता सिंहको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्व. सिंहप्रति सम्मान प्रकट गर्दै बैठकले पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, पुस २ गते मङ्गलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र १३ औं दिनमा काठमाडौंमा शोकसभा आयोजना गर्ने निर्णय समेत गरिएको पौडेलले बताए ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, जनसंख्या तथा वातावरण पूर्वमन्त्री तथा काठमाडौँ नगरपालिकाका पूर्व नगर प्रमुख ८८ वर्षीय सिंहको काठमाडौँको चाक्सीबारीमा गए राति १ः०० बजे निधन भएको हो । स्व सिंहले लामो समयदेखि सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको सन्निकट रहेर कार्य गरेका थिए। नेपालको प्रजातान्त्रिक आन्दोलनमा सङ्लग्न रहँदा उनले पटक–पटक जेल जीवन व्यतीत गर्नुका साथै भारतमा निर्वासनसमेत हुनुपरेको थियो । प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उनी काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुख निर्वाचित भएका थिए ।

स्व. सिंहकै पहलमा विसं २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । यसैगरी विसं २०५६ मा उनी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भएका थिए । स्व. सिंहले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।

अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरिएको छ । घटनाको छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको प्रहरी उपरीक्षक (एसपी) बिनोद शर्मा नेतृत्वको समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको जस्ता कारणले संगठन राख्न उपयुक्त नदेखिएको भन्दै समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेको प्रदेश प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले पनि छानविन समितिले प्रतिवेदन बुझाउदै चन्दलाई कारवाही गर्न सिफारिस गरेको पुष्टि गरे । तर, अहिले उनी नेपाल प्रहरी अस्पताल काठमाडौँमा उपचाररत भएका कारण थप कारवाही प्रक्रिया अघि नबढेको कार्कीले बताए । स्रोतका अनुसार उनले त्यहा कार्यरत प्रहरी कर्मचारीलाई पेस्तोल ताकेका थिए ।

त्यसपछि चौकीमा कार्यरत प्रहरी कर्मचारीहरुको भागाभाग भएको थियो । अन्य कर्मचारी भागेपछि उनले आफैलाई गोली हानेको स्रोत बताउँछ । अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जका रुपमा कार्यरत चन्दले १३ मंसिरको राति आफैंमाथि पेस्तोल चलाएका थिए ।

काठमाडौं- सोमबार शेयर बजारमा पहिरो गएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५१.३७ अंकले घटेको हो ।

आज नेप्से १.९१ प्रतिशतले घटेर १६३०.९१ विन्दुमा पुगेको छ । नेप्से घट्दा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार बराबरको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०४ वटा कम्पनी कारोबारमा आउँदा ६७ हजार ६४८ पटक शेयर किनबेच भएको छ ।

यता १३ समूहमा पनि सबै समूहमा राताम्य छाएको छ । आज बसैभन्दा बढी फाइनान्स समूह ४.४१ प्रतिशतले घटेर ३ हजार ११५.७६ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.९१ प्रतिशतले घटेर २१.५२ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १।४९ प्रतिशतले, विकास बैंक २.०३ प्रतिशतले, होटेल तथा पर्यटन २.३१ प्रतिशतले, हाइड्रोपावर २.३१ प्रतिशतले, लगानी १.५६ प्रतिशतले, जिवन बिमा १.८१ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.१६ प्रतिशतले, लघुवित्त १.८६ प्रतिशतले, निर्जीवन बिमा १.४२ प्रतिशतले, अन्य समूह १.४५ प्रतिशतले र ट्रेडिङ समूह ३.५५ प्रतिशतले घटेको छ ।

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको पुष्टि गरे ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको बताएको छ ।

ललितपुरको सानेपास्थित बागमती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ। सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ।’

काठमाडौं उपत्यकामा अत्यधिक ट्राफिक जामको समस्या झेलिरहेका यात्रुहरुलाई वाग्मती करिडोरले ठूलो राहत त दिएको छ। तर कुपण्डोल–सानेपा खण्डअन्तर्गत कालोपुलमुनि वाग्मती नदीको देब्रेपट्टिको लेनमा बर्खादेखि नै पानी जम्ने समस्याले सवारी आवागमनमा समस्या थपेको छ।

पुलमुनिको एकतर्फी सडकमा हिँउद–बर्खे पानी जमेपछि सवारी चालक र पैदलयात्रीले सास्ती व्यहोर्दै आइरहेका छन्। बर्खाका बेला जमेको पानी अझै हटेको छैन। दुईतर्फी सडकको एकातर्फ पोखरी जमेको छ। उक्त सडक हुँदै ओहोरदोहोर गर्ने सवारी सधान एकै लेनबाट ‘पास’ हुने गरेका छन्।

पुलमुनि जमेको पानीलाई नालीमा पठाउन ‘लेबल’ नमिलेका कारण हालसम्म पानी जमिरहेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार बताउँछन्। उनले भने, ‘बागमती कारिडोरको स्तरोन्नति र वाग्मती सभ्यता संरक्षणको जिम्मा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको हो, तर समितिले समस्याको समाधान गर्न कुनै पहल गरेको छैन।’

कालोपुलमुनिको एकतर्फी सडकमा पानी जमेको कारण जहिल्यै जामको समस्या झेल्नु परेको मोटरसाइकल चालक रत्नकुमार श्रेष्ठ सुनाउँछन्। उनले भने, ‘वर्षौंदेखि बागमती करिडोरको बल्खु पुल र सानेपाको कालो पुलमुनि पानी जम्ने समस्या देखिँदै आएको छ, तर जिम्मेवार निकायले ध्यान नदिँदा सवारी चालक र पैदलयात्रीले झन्झट व्यहोर्नु परिरहेको छ।’

 नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणबाट बाहिरिने चौथो टोली बनेको छ काठमाडौं गुर्खाज ।

८ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौं रन रेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो ।

सोमबार सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्सले फराकिलो हार व्यहोरेको अवस्थामा काठमाडौंले प्लेअफका खेल खेल्ने सम्भावना थियो ।

यससँगै सोमबारको खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित कर्णाली याक्स प्लेअफमा स्थान बनाउने चौथो टोली बनाएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै सजिलै लक्ष्य पूरा गरेको हो ।

कर्णालीले दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्रै सुदूरपश्चिमले पूरा गरेको अवस्थमा काठमाडौं प्लेअफमा पुग्ने थियो ।

यससँगै लिग चरणका सात खेलमा ६ खेल जित्दै सुदूरपश्चिम १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

लिग चरणमा २ खेल हारेको जनकपुर बोल्ट्स १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।