भैसीँले हानेरै महिला ठहरे ।

0
633

रामेछाप, २१ साउन ।  रामेछापको कठजोरमा भैंसीले हानेर आज एक महिलाको मृत्यु भएको छ । मन्थली नगरपालिका ५ डाँडागाउँमा आफैंले पालेको भैंसीले हान्दा ३० वर्षिया मीना बुढाथोकीको मृत्यु भएको हो । किलो उखेलेपछि भैंसी बाँध्ने क्रममा घटना भएको स्थानीय कुञ्जलाल तामाङले जानकारी दिनुभयो । घटना लगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक बुढाथोकीका श्रीमान भैंसी व्यापारी भएकाले घर बाहिर छन् ।