फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुदा ७ जनाको मृत्यु

0
515

नुवाकोट, २४ साउन ।  गोरखाबाट विरामी लिएर काठमाडौं जाँदै गरेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटको मदापुर गाविसको वेतिनी जंगलमा दुर्घटना भएको छ । सिर्दिवास गाविस–८ फिलिमबाट विरामी लिएर उडेको नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर सोमवार मदानपुर– ९ बेतिनीस्थित टुच्चेको जंगलको भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटना हुनुअघि आगो बन्दै हेलिकप्र वनमा खसेको स्थानीयबासीहरुले देखेका थिए । ‘हामीले हेर्दा जंगलमा हेलिकप्टर बलिरहेको देखियो, बेलकोटका समाजसेवी रामहरी पाण्डेले भने– ‘पछि बुझ्दै जाँदा गोरखाबाट विरामी लिएर आएको हेलिप्टर पो रहेछ ।’ दुर्घटनामा पाइलट रञ्जन लिम्बू, केयर नेपालमा कार्यरत २२ वर्षिय स्टाफ नर्स निशा तामाङ, हेलिकोप्टरमा सँगै गएकी लक्ष्मी गुरुङ, गोरखा सिद्र्धिबासका कितमान गुरुङ, उनकी श्रीमती ५६ वर्षिय अज्ञानी, १९ वर्षीया प्रिती गुरुङ र उनका ५ दिनका नाबालक छोराको मृत्यु भएको हो । यसअघि फिस्टेल एयरले दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौंका लागि उडेको र नुवलाकोट आइपुगेपछि हेलिकोप्टर १२ बजेर ३५ मिनेट जाँदा हराएको जनाएको थियो । हामीले त ढ्याङ्ङ गरेको आवाज सुन्यौँ, पछि बुझ्दा हेलिकप्टर नै खसेको रहेछ, अर्का स्थानीय अरुण सिग्देलले भने । उनका अनुसार दुर्घटा भएको दुइ घण्टा पछि सम्म पनि हेलिकप्टरबाट धुँवा आइरहेको थियो । हेलिकप्टर दुर्घटनास्थलमा ककनी प्रहरी चौकी र काठमाडौंबाट आएको अर्को एक हेलिकप्टरले प्रयोग गरिएको थियो । सर्वसााधरणलाई दुर्घटनास्थलमा जान रोक लगाइएको थियो । घटनास्थलमा पासाङल्हामु मार्गको जुरेथुम बजारबाट करिव २ घण्टाको पैदल दुरीमा पर्छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि गर्दै लाशहरु टुक्राटुक्रा अवस्थामा संकलन भएको बताए । त्यसलगत्तै नुवाकोट सदरमुकाम विदुरबाट प्रमुख जिल्ला अधिकारी पोख्रेलसहित नेपाली सेना र प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो ।