ओलम्पिकमा आज नेपाली तीन खेलाडीको प्रतिस्पर्धा हुने

0
470

 काठमाडौ, २५ साउन ।  ब्राजिलको रियो ओलम्पिकमा आज नेपालका तीन खेलाडीको भाग्यको परीक्षा हुँदैछ । रियोमा नेपाली झन्डा बोकेकी जुडोकी फुपु ल्हामु खत्री, आर्चरीका जीतबहादुर मोक्तान र राष्ट्रिय कीर्तिमानधारी पौडीबाज शिरिष गुरुङ भिड्दै हुनुहुन्छ । फुपुले ६३ केजी तौल समूहमा क्युबाकी मारिसेट इस्पेनोसासँग प्रतिस्पर्धा गर्नु हुनेछ ।  फुपुबाट नेपालले धेरै आशा राखेको छ । नेपाली आर्चर जीतबहादुर मोक्तान साँझ ५ बजेर २१ मिनेटमा भिड्ने कार्यतालिका छ ।  राष्ट्रिय कीर्तिमानधारी पौडीबाज शिरिषको सय मिटर फ्रिस्टाइल स्पर्धा पनि आज नै हुनेछ । उहाँले राती ९ बजेर ५० मिनेटमा नम्बर २ मा भिड्ने बताइएको छ ।