२०८१ माघ २६ गते शनिबार
२०८१ माघ २६ गते शनिबार

रुसको स्वास्थ्य मन्त्रालयले भन्यो – हामी क्यान्सरको खोप बनाउन सफल भएका छौँ ।

यो जानकारी रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले रेडियोमार्फत दिएका हुन् ।

रुसी समाचार एजेन्सी टासकाअनुसार यो खोप अर्को वर्षदेखि रुसी नागरिकलाई नि:शुल्क दिइनेछ । निर्देशक आन्द्रेईले रुसले क्यान्सर विरुद्धको आफ्नै एमआरएनए खोप विकास गरेको बताए ।

रुसको यो खोजलाई शताब्दीकै सबैभन्दा ठूलो खोज मानिएको छ । खोपको क्लिनिकल परीक्षणहरूले देखाएको छ कि यसले ट्युमरको वृद्धि रोक्न मद्दत गर्दछ ।

यस वर्षको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्यान्सरको खोप बनाउनको नजिक पुगेको बताएका थिए ।

एमआरएनए खोप के हो ? यो पनि सरल भाषामा बुझ्न सकिन्छ । जब कुनै भाइरस वा ब्याक्टेरियाले हाम्रो शरीरमा आक्रमण गर्छ, एमआरएनए प्रविधिले हाम्रो कोशिकाहरूलाई त्यो भाइरस वा ब्याक्टेरियासँग लड्न प्रोटिन बनाउन सन्देश पठाउँछ ।

यसबाट हाम्रो प्रतिरक्षा प्रणालीलाई आवश्यक प्रोटिन प्राप्त हुन्छ र हाम्रो शरीरमा एन्टिबडीहरू बन्छन् । यसको सबैभन्दा ठूलो फाइदा यो हो कि यसले परम्परागत खोपभन्दा छिटो खोप बनाउन सक्छ । यसका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ । एमआरएनए प्रविधिमा आधारित यो पहिलो क्यान्सर खोप हो ।

क्यान्सर विशेषज्ञ एमडी मौरी मार्कम्यानले जैविक रूपमा क्यान्सरको खोप बनाउन असम्भव रहेको बताए । क्यान्सरको कुनै खोप हुन सक्दैन किनभने क्यान्सर रोग होइन । यो शरीरमा हजारौं विभिन्न अवस्थाहरूको परिणाम हो ।

यद्यपि, खोपले केही क्यान्सरहरूको रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्छ । यो खोप उपचारको क्रममा क्यान्सर रोगीहरूलाई जोगाउन आवश्यक उपकरण हो । किनभने क्यान्सर रोगीलाई उपचारको क्रममा अन्य रोगको जोखिम बढ्छ ।

क्यान्सर खोपको विशेष कुरा यो हो कि यो क्यान्सर हुनुअघि कहिल्यै दिइँदैन, बरु यो क्यान्सर ट्युमर भएका मानिसलाई दिइन्छ । यो खोपले हाम्रो प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोशिकाहरू कस्तो देखिन्छ भनेर पहिचान गर्न मद्दत गर्छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स जनकपुर बोल्टस्सलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।

टिमलाई पहिलो प्रतियोगिताको फाइनलमा पुर्‍याउने महत्वपूर्ण खेलमा ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले। उनले ५५ बलमा नटआउट ५८ रन बनाए । सुदूरपश्चिमको लागि साइब जाइबले २१ बलमा ३२, ब्रान्डन म्याकमुलेनले १९ बलमा २५ र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन बनाए ।

क्वालिफायरमा जनकपुरका कुनै पनि बलर प्रभावशाली देखिएनन् । कसिलो बलिङसामु खुलेर खेल्न नसक्दा जनकपुरले सुदूरपश्चिमकलाई १४० रनको मध्यम लक्ष्य दिएको थियो । जनकपुरलाई मध्यम स्कोरमा रोक्न सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ र सैब जइबले २ विकेट लिए ।

तर यो लक्ष्य सुदूरपश्चिमले ९ बल बाँकी हुँदै पूरा गर्‍यो । पराजित भएको जनकपुरले फाइनल प्रवेशको लागि कर्णाली याकसँग दोस्रो क्वालिफायर खेल्न पाउने छ । दोस्रो क्वालिफायर बिहीबार हुनेछ । एलिमिनेटरमा बुधबार कर्णालीले चितवन राइनोमाथि २१ रनको जीत हात पारेको थियो । दोस्रो क्वालिफायरमा भिड्ने जनकपुर र कर्णालीबीचको विजेताले एनपीएलको पहिलो उपाधिको लागि सुदूरपश्चिम रोयल्सविरुद्ध फाइनल खेल्नेछ । यो खेल आगामी शनिबार हुनेछ ।

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

प्रसाईँका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।

न्यायाधीश पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । प्रसाईँका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

सो रिट निवेदनमाथि बुधबार सुनुवाइ भएको हो । कारण देखाउ आदेश जारी गर्दै पोखरेलको इजलासले बन्दीसहित उपस्थित हुन भनेको छ ।

यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईँलाई कानुनसम्मत रूपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो ।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन् ।

उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकरप्रसाद शर्मालाई भारत र डा नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.६० अंकले घटेको छ । आज  नेप्से ०.२१ प्रतिशतले घटेर २६२८.२६ विन्दुमा पुगेको छ । नेप्से घट्दा  ४ अर्ब २७ करोड ८२ हजार बराबरको ८१ लाख ४७ हजार ३२० कित्ता शेयर कारोबार भएको छ ।

८१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २१ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । आज ३१४ वटा कम्पनी कारोबारमा आउँदा ४९ हजार ४२१ पटक शेयर किनबेच भएको छ ।

नेप्से घट्दा पनि २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । १३ समूहमध्ये ३ समूह बढेको छ भने बाँकी सबै समूह राताम्य भएको छ ।

आज फाइनान्स १.०७ प्रतिशतले बढेर ३ हजार १७६.७९ विन्दुमा, लघुवित्त ०.०९ प्रतिशतले बढेर ४ हजार ८७९.३४ विन्दुमा र ट्रेड्रि समूह ०.५० प्रतिशतले बढेर ४ हजार ८०६.८० विन्दुमा पुगेको छ ।

सबैभन्दा बढी होटेल तथा पर्यटन समूह ०.४२ प्रतिशतले घटेर ६ हजार ४५६.४२ विन्दुमा पुगेको छ भने सबैभन्दा कम निर्जीवन बीमा ०.१४ प्रतिशतले घटेर १२ हजार ६४६.१५ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह ०.३६ प्रतिशतले, विकास बैंक ०.१६ प्रतिशतले, हाइड्रोपावर ०.३६ प्रतिशतले, लगानी ०.३२ प्रतिशतले, जीवन बिमा ०.३३ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.३२ प्रतिशतले, म्युचुअल फण्ड ०.२६ प्रतिशतले र अन्य समूह ०.३७ प्रतिशतले घटेको छ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा फिर्ता ल्याइने बताएका छन् । आज (बुधबार) सामाजिक सञ्जालमार्फत ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्रिविको जग्गा पनि त्रिविकै नाममा ल्याइने प्रतिवद्धता जनाएका हुन् ।

‘एउटा संयोग–२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषद्बाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेका थियौँ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ ।’

त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा समिति बनेको प्रधानमन्त्री ओलीले लेखेका छन् । ‘आयोगको अध्ययन प्रतिवेदन हिजो (मङ्गलवार) प्राप्त भएको छ । शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदोरहेछ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ,’ प्रधानमन्त्री ओलीले अगाडि लेखेका छन् ।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउने छन्,’ प्रधानमन्त्री ओलीले त्यसपछि लेखेका छन्, ‘आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ ।’ आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिने प्रधानमन्त्री ओलीले भनेका छन् । ‘हात हालेपछि यसलाई टुङ्गोमा पुर्‍याएरै छाडिने छ,’ प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिने निर्णय भएको समिति सभापति अम्मरबहादुर थापाले बताए ।

उनले भने, ‘अहिले पनि त्रिभुवन विश्वविद्यालयको सम्पत्तिलाई संरक्षण गर्ने हो भने त्रिभुवन विश्वविद्यालयलाई सरकारले लगानी गर्नुपर्दैन । बरु सरकारले केही माग्यो भने त्यहाँबाट दिन सक्ने अवस्था छ । उहिले अदालतले आदेश गर्छ, त्यो सम्पत्ति आफ्नो हो भन्ने कुरै बनाउँदैन । यस्ता विषयमा सरकार एक्सनमा जानुपर्छ । राज्यको आम्दानीको स्रोत बनाउने र खर्च गर्ने विधि अवलम्बन गर्नुपर्छ ।’

सभापति थापाले त्रिभुवन विश्वविद्यालयको प्रतिवेदन सार्वजनिक गर्नुअघि समितिलाई जानकारी हुनुपर्ने पनि बताए ।

उनले थपे, ‘त्रिभुवन विश्वविद्यालयको प्रतिवेदन सार्वजनिक हुनुपर्छ । समितिबाट निर्देशन भएकाले सार्वजनिक पूर्व समितिले जानकारी पाउनुपर्छ । त्यसपछि केही अपुग छ भने पनि समितिले के कुराको अपुग छ, अध्ययन गर्छौँ, त्यसपछि सार्वजनिक गर्न मन्त्रालय अघि बढोस् ।’

सरकारले गत जेठ १७ गते पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । हिजो आयोगले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा आयोग प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो ।

नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटर खेलमा चितवन राइनोजलाई कर्णाली याक्सले सहज रुपमा हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा १७६ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १५४ रन मात्र बनाउन सक्यो ।

कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो। चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। १८औं ओभरमा नन्दन यादवको बलमा गुल्सन झाबाट क्याच हुनुअघि उनले ५३ रन जोड्ने क्रममा ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । चितवनको ब्याटिङ कुनै पनि बेला सम्हालिन सकेन ।

ओपनर हसन इशाखिल पहिलो ओभरमा एक रनमा आउट भए । अर्का ओपनर विपिन रावलले भने १८ रन बनाए । दुवैलाई कर्णालीका कप्तान सोमपाल कामीले गुल्सन झाबाट क्याच गराए । विपिन तेस्रो ओभरमा आउट भएका थिए । त्यसपछि लुक बेन्केस्टाइनले १६ रन र कप्तान कुशल मल्ल २१ रन जोडेर आउट भए। लुकलाई जीशन मक्सुदले छैटौं ओभरमा बोल्ड गर्दा कुशल एघारौं ओभरमा विपिनप्रसाद शर्माबाट बोल्ड भए।

१६औं ओभरमा कर्णालीका मक्सुदले दुई विकेट लिए । उनले सन्तोष कार्कीलाई ८ रन र सोहेल तन्विरलाई ४ रनमा क्याच गराएका थिए । १८औं ओभरमा अमरसिंह रटेउला ९ रन बनाएर खेलिरहदा नन्दन यादवबाट बोल्ड भएका थिए । दोस्रो बलमा अमर पेभिलियन फर्किएपछि पाँचौ बलमा रवी बोपारा पनि छक्का प्रहार गर्ने क्रममा आउट भए । बोपारा आउट भएसँगै आठ विकेट गुमाएको चितवन हार नजिक पुगेको थियो । अन्तिम ओभरमा रिजन ढकाल ७ रनमा रनआउट भए ।

बलिङमा कर्णालीका जीशन मक्सुदले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । कप्तान सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए भने विपिनप्रसाद शर्माले १ विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदान टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन जोड्यो ।

चितवन राइनोजमाथि २१ रनको जित निकालेसँगै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । चितवन भने बाहिरिएको छ । अब फाइनल प्रवेशका लागि कर्णालीले बिहीबार प्रतिस्पर्धा गर्नेछ । कर्णालीले दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । आजै जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर हुँदैछ । यो खेलको विजेता टोली फाइनल पुग्नेछ ।

काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित शम्भुमार्गमा मंगलबार स्रोत नखुलेको ६८ लाख रुपैयाँ नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमा काठमाडौँ महानगरपालिका–३२ दोभानपुल निवासी ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल, र झापा बिर्तामोड नगरपालिका–५ निवासी २७ वर्षीय युवराज सुवेदी रहेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रहरी वृत्त गौशलाबाट खटिएको टोलीले प्रदेश ३–०१०२२ च १९७२ नम्बरको कार रोकी जाँच गर्दा नगदसहित उनीहरूलाई पक्राउ गरेको हो। शम्भुमार्गमा गरिएको जाँचका क्रममा नगदको स्रोत नखुलेपछि उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हाल पक्राउ परेका चारै जनामाथि अनुसन्धान अगाडि बढाइएको छ भने स्रोत नखुलेको नगदको विषयमा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

नेकपा एकीकृत समाजवादीले केन्द्रीय महाधिवेशन सकेको छ । ६ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ ।

पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख सङ्गठन विभाग प्रमुखमा बेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

यस्तै पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडालाई सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला सङ्घ समाजवादीको इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इन्चार्ज, उपाध्यक्ष गङ्गालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ । उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इञ्चार्जको जिम्मा दिइएको छ ।

सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मेवारी दिइएको छ । युवा विभागको इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई प्रदान गरिएको उपाध्यक्ष खतिवडाले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।