बढी समयसम्म बाँच्ने : महिला पुरुषको तुलनामा लामो समयसम्म बाँच्ने गर्दछन् । यसको सबैभन्दा मुख्य कारण उनीहरुमा हृदयरोगका लागि प्रतिरोध क्षमता बढि हुन्छ । महिलाहरुलाई हृदयरोग ७०–८० वर्षको उमेरमा मात्र हुने गर्दछ भने पुरुषलाई हृदयरोगले ५०–६० वर्षमै सताउने गर्दछ ।
सहनशक्ति : महिलाहरुमा पीडा सहने क्षमता पुरुषको तुलनामा बढी हुने गर्दछ । साइकोलजिस्ट क्लिफर्ड लजारस भन्छन्–महिलाहरु स्वयमलाई प्रसव पीडाका लागि तयार गरिरहेका हुन्छन् । तनाव सहन माहिर वेस्टर्न ओन्टारियो युनिभर्सिटीमा गरिएको लामो अध्ययनमा महिलाहरु तनाव सहन गर्न बढी सक्षम हुन्छन् भन्ने पुष्टि भएको थियो। उनीहरुको मस्तिष्कले आक्सिटोसिन बढी उत्पन्न गराउने गर्दछ । यही हरमोनले मानिसलाई शान्त राख्दछ ।
मजबुत स्मरणशक्ति : ब्रिटेनको ऐस्टन युनिभर्सिटीमा गरिएको एउटा रिसर्चबाट महिलाहरुको स्मरणशक्ति पुरुषको तुलनामा बढी हुने पत्ता लागेको हो। अझ उमेर बढ्दै जाँदा दुवैको स्मरण क्षमताको अन्तर पनि बढ्दै जान्छ ।
बढी स्मार्ट : इन्टेलिजेन्स एक्सपर्ट जेम्स फ्लिनका अनुसार युरोप, अमेरिका, क्यानडा र न्युजिल्याण्डका महिलाहरुले पुरुषलाई इन्टेलिजेन्ट टेस्टमा पराजित गरे । महिलाहरुको मस्तिष्क बढी तिब्रताका साथ विकास हुने गर्दछ ।
कलेजमा बढी सफल : जर्जिया र कोलम्बिया युनिभर्सिटीको एउटा संयुक्त टिमले गरेको अध्ययनमा किशोरीहरु साइन्स बढी राम्रोसँग बुझ्ने गर्दछन् । पुरुषमा युनिभर्सिटीमा पढाई अधुरै छाड्ने सम्भावना बढी हुने गर्दछ ।
लोकेसनको याद : प्रोफेसर डाएन हाल्पर भन्छन्–महिलाहरु निशान र संकेत याद राख्न सक्षम हुन्छन् । त्यसैले उनीहरु बाटो याद राख्दछन् । उनीहरु हराएको वस्तु पनि चाँडै खोज्न सक्षम हुने गर्दछन् ।
हिसावकिताब : हिसावकिताव राख्नमा पनि महिलाहरु पुरुषहरु भन्दा धेरैबढी सक्षम हुन्छन् । एक अध्ययनअनुसार लगानीमा महिलाहरुको उत्कृष्ट परिणाम निस्कने गर्छ । किनभने पुरुषमा टेस्टोस्टेरोन बन्दछ जसले उनीहरुलाई अनावश्यक रिस्क लिनेतिर उक्साउने गर्दछ ।