सभापति देउवाको अभिव्यक्ति सरकारका लागी बाधक : नेपाल

0
351

 गौर ,(रौतहट) २७ साउन ।  नेकपा एमाले का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको कुरा बताउनुभएको छ । रौतहट क्षेत्र नं १. मा संसदीय विकास कोषको रकमबाट निर्माण भएका विभिन्न योजनाको अनुगमनपश्चात् प्रेस चौतारी नेपालद्वारा गौर नर्सिङ क्याम्पसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभअभिव्यक्तिएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले विगतको सरकारमा पनि काँग्रेस सहभागी हुनुपथ्र्यो र वर्तमान सरकारमा पनि एमाले सहभागी हुनुपथ्र्यो तर राष्ट्रिय सहमतिको सरकार बनाउने छलफल भइरहेको बेला एक्कासि नेकपा माओवादी केन्द्रले हतारहतार अविश्वासको प्रस्ताव ल्याएर ठूलो गल्ती गरेको बताउनुभयो । जबसम्म देउवाले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैनन् तबसम्म कुनै पनि हालतमा एमाले सरकारमा नजाने उहाँले बताउनुभयो । सङ्क्रमणकालमा सबै सहभागी भई संविधानमा देखिएको त्रुटी हटाउनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले अहिले धमाधम गाउँपालिका\नगरपालिका र महानगरपालिका बन्ने होडबाजी नै चलेको छ, यो नितान्त गलत भएको र यसबाट जनताले सुविधा पाउनुको सट्टा समस्यामा पर्ने भएको बताउँदै यसलाई तत्काल रोकी संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।