लामो समयदेखि क्यान्सर रोगसँग जुध्दै आएका अमेरिका निवासी विवेक पंगेनीको निधन भएको छ । ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका विवेकको आज बिहान निधन भएको हो ।
विवेक अमेरिका गएलगत्तै नेपालमा आमाको निधन भएको थियो । त्यसपछि उनीहरू आमाको काजक्रिया गर्न नेपाल फर्किए । काजक्रिया सकेर अमेरिका फर्केको एक सातामै विवेक बिरामी परेका थिए । अस्पतालमा परीक्षण गराउँदा उनलाई ब्रेन क्यान्सर देखिएको थियो ।
त्यसयता सृजनाले एकछिन पनि श्रीमानको साथ छोडेकी थिइनन् ।सिर्जनाले श्रीमानलाई बचाउन आफ्नो सबै बलबुता खर्चिरहेकी थिइन् । सामाजिक सञ्जालबाटै सहायता आह्वान गरेर श्रीमानको उपचार गराइरहेकी छन् ।
जति कठिन परिस्थितिसँग जुध्न परे पनि, मनमा जति पीडा भए पनि उनको अनुहारमा मुस्कान हराएको थिएन् । श्री मानलाई पनि मुस्काउन प्रेरणा दिइरहेकी हुन्थिन । प्रेम र समर्पणकी एक बिम्ब बनिरहेकी सृजना श्रीमानको निधनले बिक्षिप्त भएकी छिन् ।