२०८३ कार्तिक ८ गते शनिबार
२०८३ कार्तिक ८ गते शनिबार

नेकपाको डेढ महिने राष्ट्रिय जागरण अभियान सुरु, गाउँबस्ती पुगेर जनगुनासा सुन्ने

नेपाली कम्युनिष्ट पार्टीले विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक संकट, बढ्दो महँगी र जनजीविकाका सवालहरूलाई सम्बोधन गर्न देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडाबाट शनिवारदेखि मङ्सिर २५ गतेसम्मका लागि डेढ महिने देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको हो । कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व गाउँ, वडा र बस्ती तहसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने औपचारिक घोषणा गरे ।

वर्तमान दुईतिहाइ समर्थित सरकारले जनअपेक्षाअनुसार नतिजा दिन नसक्दा सर्वसाधारणमा निराशा र अन्योल बढेको आरोप उनको छ । बढ्दो महँगी, बेरोजगारी, युवा पलायन र किसान तथा व्यवसायीका समस्याले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै पार्टीले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको दाबी गरेको छ । साथै, लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी संविधानमाथि भूराजनीतिक चलखेल तथा आन्तरिक कारणले जोखिम बढेको औंल्याइएको छ ।

यसपटक पार्टीले विगतका कमजोरीप्रति खुला आत्मसमीक्षा समेत गरेको संयोजक दाहालले बताए । कम्युनिष्ट आन्दोलन श्रमजीवी, किसान र उत्पीडित वर्गसँग टाढिँदै गएको तथा ‘जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी’ बन्दै गएको यथार्थलाई स्वीकार गर्दै नेताहरूले जनताको विश्वास पुनः आर्जन गर्न कार्यशैली बदल्नुपर्ने निष्कर्ष पार्टीको छ ।

अभियानका क्रममा केन्द्रिय नेताहरूकै कमाण्डमा टोल–टोल पुगेर महँगी, कालोबजारी, भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीबारे जनताका गुनासा संकलन गरिने दाहालले बताए । ती समस्या समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष मागपत्र तथा ज्ञापन पत्र पेश गरिनेछ । यसका साथै सदस्यता नवीकरण र सांगठनिक सुदृढीकरणका काम पनि सोही अवधिमा अघि बढाइने कार्यतालिका छ ।

हालै देशका विभिन्न भूभागमा आएको बाढीपहिरो तथा रसुवाको भोटेकोशी विपद्का बेला राज्य संयन्त्रले नागरिकको खोज, उद्धार र राहतमा प्रभावकारी तदारुकता देखाउन नसकेको भन्दै पार्टीले आपत्ति जनाएको छ । मित्रराष्ट्रबाट प्राप्त हुनसक्ने प्राविधिक सहयोग समयमै सदुपयोग नगरिँदा थप क्षति भएको उल्लेख गर्दै प्रभावितहरूको सुरक्षित पुन:स्थापना र क्षतिग्रस्त पूर्वाधारको तत्काल पुनर्निर्माण गर्न सरकारसँग माग गरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।