२०८१ माघ ३ गते बिहीबार
२०८१ माघ ३ गते बिहीबार

गाउँपालिका अध्यक्षले स्क्यानर फुटाउदा गुल्मीमा राहदानी सेवा ठप्प

गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापामगरले आफ्नो पालिकाका सेवाग्राहीको काममा अलमल र ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन् ।

राहदानी बनाउने काममा ढिलाइ गरेको आरोप लगाउँदै पालिका अध्यक्ष थापामगरले राहदानीको स्क्यानर मेसिन फुटाएका हुन् ।
आफूले स्क्यानर मेसिन तोडफोड गरेको स्वीकार्दै थापामगरले पालिकाका सेवाग्राहीले तीनरचार दिनसम्म पनि सेवा नपाएपछि आवेगमा त्यसो गरेका प्रतिक्रिया दिए ।

कालीगण्डकी गाउँपालिका सदरमुकामबाट टाढा पर्छ । आफ्नो पालिकाबाट आएका सेवाग्राहीले तीनरचार दिनसम्म पनि सेवा नपाएर सदरमुकाममै बस्नु परेको गुनासो आएपछि पालिका अध्यक्ष थापामगर बिहीबार प्रशासन कार्यालयको राहदानी शाखा पुगेका थिए ।

शाखाका कर्मचारीसँग गुनासो राख्दा चित्त बझ्दो जवाफ नपाएको भन्दै उनले स्क्यानर मेसिन फोडेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अध्यक्ष थापामगरले भने टाढाबाट आएका नागरिकलाई सेवा दिन आग्रह गर्दा कर्मचारीले अस्वीकार गरेपछि सामग्री फुटाएको बताए ।

स्क्यानर फुटेपछि अहिले राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएको थियो । तर उनी हिजै साँझ छुटेका छन् ।

लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि उनलाई छोडिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि गाउँपालिका अध्यक्षले आवेगमा तोडफोड गरेको उनको भनाइ छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।