२०८२ बैशाख ७ गते आईतवार
२०८२ बैशाख ७ गते आईतवार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

शुक्रवार सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि उनी रिहा भएक हुन् । प्रहरीले प्रसाईंलाई व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।

रिहा भएपछि उनले शासक मरेको भएपनि न्याय नमरेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शासक मरेको भएपनि न्याय नमरेको बताएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईंलाई शुक्रवार सर्वोच्च अदालतले रिहा गर्न आदेश गरेपछि उनले यस्तो बताएका हुन् ।

उनले आज पनि न्यायालय पवित्र रहेको बताए । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्,‘राज्यका कुनै निकाय प्रती विश्वास उडेको होला, तर न्यायलय आज पनि पबित्र छ । राज्यका अनेकन बेथीतीको भण्डाफोर गर्दा निरंकुश शासकको ठाडो आदेशमा प्रशासनको चिसो खोर सहनु पर्‍यो, नागरिकको पक्षमा बोल्दा झुटा मुद्दा खेप्नु पर्‍यो,अन्तत: सत्यको जित भएको छ । सर्वोच्च अदालतको आदेशले आज रिहा भएको छु । यो बिचमा सहयोग सद्भाव व्यक्त गर्ने, आदरणीय बिभिन्न दलका नेता गण, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, शुभेच्छुक लगायत न्यायप्रेमी सबै आमाबुवा, दाजुभाई, दिदिबहिनी सबैलाई हृदयदेखी धन्यवाद ! उहिँ उत्साह, उस्तै उमंग उस्तै शाहसका साथ तपाईको प्यारो दुर्गा प्रसाई मैदानमा खडा हुनेछ । बाँकी बिस्तारै बताउने छु । हार्दिक धन्यवाद !’

काठमाडौं महानगरपालिकाले प्रमख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

महानगरले शुक्रवार आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौं टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबाहीको सिफरिस गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता नविन माननन्धरले महानगरको मापदण्डविपरित नक्शा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएकोले आवश्यक छानबिन गरि कारबाही गर्न सिफारिसस गरेको जानकारी दिए । उनले अहिलेसम्म प्रसाशकीय अधिकृतलाई हटाउने कुनैपनि निर्णय नभएको पनि स्पष्ट पारे ।

काठमाडौं ।नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीआईजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि, गत शुक्रबार बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि डीआईजीद्वयको नाम सिफारिस गरेको थियो । एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकासपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो ।

सर्वोच्च अदालतले दुर्गा प्रसाईँलाई रिहा गर्न आदेश गरेको छ । शुक्रबार व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रसाईँलाई सर्वोच्चले रिहा गर्न आदेश दिएको हो।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्च हाजिर गराइएको थियो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।

सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईँलाई पक्राउ गरेको थियो ।

काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा प्याक गरिएका नरिवलमा ढुसी (फङ्गस) भेटिएपछि तत्कालै कारबाही गरेको छ।

महानगरको गुनासो इकाइमा उपभोक्ताबाट उजुरी प्राप्त भएपछि महानगर प्रहरी बल र खाद्य प्राविधिकसहितको टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा नरिवलमा अखाद्य ढुसीजन्य पदार्थ फेला परेको र उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने हुँदा खाद्य प्राविधिकको रोहवरमा नरिवललाई नष्ट गरिएको महानगरले जनाएको छ। यसका साथै, खाद्य सुरक्षा नियम उल्लङ्घन गरेको भन्दै भाटभटेनी सुपरमार्केटलाई काठमाडौँ महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना तोकेको छ।

उपभोक्ताहरूलाई खाद्य वस्तु खरिद गर्दा विशेष सतर्कता अपनाउन आग्रह गर्दै, कुनै पनि शंका लागेमा गुनासो इकाइमा जानकारी गराउन महानगरले अनुरोध गरेको छ।

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका नेता कोइरालालाई १५ किलोको माला लगाएर स्वागत गरिएको हो ।

नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरूप १५ किलोको माला लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत गरिएको थियो ।

नेता कोइरालालाई धनगढी विमानस्थलमा डडेलधुराका नेता युवराज पाण्डे सहितका नेताहरूले १५ किलोको माला लगाएका हुन् ।

काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन् ।

नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी चार वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन् ।

लोहनीले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका छन् ।

उनले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।

नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले शुक्रबार ३८ सिनेमा घरमा ५१ दिनको सेलिब्रेसन गर्ने भएको छ।

कात्तिक १५ गते रिलिज भएको यो फिल्म दक्षिण भारतीय स्टार अल्लु अर्जुनको ‘पुष्पा २’सँग पनि भिडिरहेको छ।

यो अवधिमा आक्रामक व्यापार गरेको फिल्मले ग्रस कलेक्शन पनि ५० करोड बनाएको बताइन्छ।

वितरक मनोज राठीका अनुसार ‘पूर्ण बहादुरको सारङ्गी’ले ३८ वटा सिनेमा हलमा ५१ दिन मनाउन लागेको हो। सबैभन्दा धेरै हलमा ५१ औं दिन मनाउने फिल्मको रेकर्ड पनि ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ ।

‘कबड्डी–४’ले साढे २३ करोड कलेक्सन गरेर बनाएको रेकर्ड यो फिल्मले ब्रेक गर्दै हालसम्मको सर्वाधिक ग्रसकलेक्सन गर्ने बनेको हो।

सरोज पौडेलको निर्देशन रहेको फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्। विजयसँगै मुकुन भुसाल, बुद्धि तामाङ, प्रकाश सपूत, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ।

यो फिल्मले बलिउडका ठूला ‘सिंघम रिटर्नस’, ‘भूलभूलैया ३’ जस्तालाई नेपाली सिनेमा घरमा लामो समयसम्म टिक्न दिएन। यो फिल्म एकै दिन देशभरी सबैभन्दा बढी शो पाउने पनि पहिलो हो।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका जीबी राईसहित १९ जनाविरुद्ध आज मुुद्दा दर्ता गर्न लागिएको हो ।

अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीबीका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने भएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।