जिनस लामाले जितीन् ‘मिस ग्रान्डको उपाधि ।

0
368

काठमाडौँ, ८ भदौ । ‘मिस ग्रान्ड नेपाल–२०१६’ को उपाधि जिनस लामाले जितेकी छिन ।

मङ्गलबार राति सम्पन्न प्रतियोगितामा उनले १० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् । त्यस्तै, प्रतियोगितामा ‘फस्ट रनर अप’ पूजा श्रेष्ठ तथा ‘सेकेन्ड रनर अपको उपाधि ज्योत्स्ना महर्जनले हात पारेका छन् ।

लुक्स इन्टरटेनमेन्टको आयोजनामा नेपालमा औपचारिक रुपमा पहिलोपटक भएको प्रतियोगितामा विभिन्न उपविधामा समेत पुरस्कृत गरिएको थियो ।miss grande

प्रतियोगिताका विजेताले रु ५० हजार, दोस्रोले रु २५ हजार तथा तेस्रो हुनेले रु १० हजार प्राप्त गरेका छन । त्यसैगरी, उपाधि विजेताले यसै वर्ष अमेरिकामा हुने ‘मिस ग्रान्ड इन्टरनेसनल’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पनि पाउने छन् ।