२०८१ माघ ९ गते बुधबार
२०८१ माघ ९ गते बुधबार

रवि लामिछानेसहित ५ जनाको अदालतमा बयान सुरु

सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणमा मुद्दा लागेका रास्वपा सभापति रवि लामिछानेसहित ५ जनासँग बयान सुरु भएको छ।

उनीहरूलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालतमा बयानका लागि लगिएको हो। 

बयान सकेपछि थुनछेक बहस सुरु हुन्छ। बयान सक्न २ दिन जति लाग्ने बताइएको छ। त्यसपछि थुनछेक बहस हुन्छ। 

थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन्। 

सामान्यतयाः तीन वर्षभन्दा बढी कैद सजाय मागदावी भएका मुद्दामा आरोपितहरूका बारेमा भरपर्दो प्रमाण छ भने अदालतले पूर्पक्षका लागि थुनामा पठाउने प्रचलन रहेको छ।

अदालतले बयान र थुनछेक बहसपछि तीन मध्य एक विकल्पको निर्णय प्रमाणको सान्दर्भिकताका आधारमा लिनेछ। त्यसपछि मूल मुद्दाको सुनुवाई र बहस पैरवी हुनेछ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।