यो माया प्रेम भन्ने चिज कहिलेकाँहि त अचम्मको हुँदोरैछ । मायालु जोडीहरुले एक अर्कालाई लभ बाइट दिनु सामान्य कुरा हो । तर यहीँ मायालु टोकाई कतिपय जोडिका लागि भने अभिसाप पनि बन्ने रहेछ । जुन मृत्युको कारक समेत बन्दोरहेछ। एउटा यस्तै घट्ना भएको छ । अमेरिकाको न्यु मेक्सिकोमा गर्लफ्रेण्डको लभ बाइटबाट उनका ब्वायफ्रेण्डको ज्यान गएको छ । समाचारका अनुसार न्यु मेक्सिकोमा बस्ने १७ वर्षीय जुलियो गोन्जोलज आफ्नी २४ वर्षीर्या प्रेमिकाको साथ डेटिंगपछि आफ्नो परिवारसँगै डिनर लिनका लागि घरमा बसेका थिए । अचानक उनको शरीरमा ऐठन हुनलाग्यो । उनलाई तिब्र रुपमा दुखाई महसुस भएपछि तत्कालै अस्पताल लगियो । डाक्टरहरुले उनको उपचार त सुरु गरे तर बचाउन भने सकेनन् ।वास्तवमा प्रेमिकाको लभ बाइटबाट गोन्जालेजको गर्धनमा रगत जमेको थियो । उक्त जमेको रगत उनको मस्तिष्क सम्म पुगेका कारण मस्तिष्कघात भयो र मृत्यु भयो । गोन्जालेजको मृत्युपछि उनकी प्रेमिका भने सम्पकै बिहिन छिन् ।