जनकपुरधाम २५ भदौ । महोत्तरी देखि धनुषा सम्मको सडक ६ लेनको बनाउनु पर्ने भन्दै स्थानियले जनकपुर–भिठ्ठामोड सडकखण्ड अवरुद्ध गरेका छन् । शुक्रबार मात्रै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जनकपुर–जलेश्वर–भिठ्ठामोड सडक निर्माणको शिलान्यास गर्नुभएको थियो ।
संयुक्त सङ्घर्ष समितिले बिहान ९ बजेदेखि महोत्तरीको जलेश्वर, पिपरा, सहोडवा र धनुषाको विन्धीमा चक्काजाम गरेका छन् । जनकपुरदेखि भिठ्ठामोडसम्म १९ किलोमिटर सडकखण्ड पूर्णरुपमा जीर्ण भएको भन्दै सङ्घर्ष समिति नै बनाएर आन्दोलन गर्नु परेको पिडीतहरुले बताएका छन् ।
सडकखण्डको बिभिन्न स्थानमा अवरोध गरिएका कारण यातयातका साधन चल्न सकेका छैनन् ।
हुलाकी राजमार्ग परियोजनाका निर्देशक बलराम मिश्रले सबै काम प्रक्रियागत रुपमा नै अगाडि बढेको र साढे दुई वर्षमा सडक स्तरोन्नतिको काम सम्पन्न हुने बताए पनि स्थानियले दैनि आवत जावत गर्नै नसकिने बाटोको तत्काल स्तर उन्नती गरिनु पर्ने भन्दै आन्दोलन सुरु गरेका हुन ।