काठमाडौं,२८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ ३० गते भारत भ्रमणमा जाँदैछन् । तर, भारत भ्रमणबाट फर्किएको एक महिनाभित्रै अर्को भ्रमण गर्ने तयारी छ । अक्टोबर १५ मा भारतको गोआमा भारतले ब्रिक्स सम्मेलनको आयोजना गर्दैछ । र, यो सम्मेलनमा विमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुलाई पनि निम्तो दिइएको छ । जहाँ, प्रचण्ड पनि निम्त्याइएका छन् । भारतीय विदेश मन्त्रालयका चिफ प्रोटोकल अफिसर सञ्जय वर्माले ब्रिक्स सम्मेलनमा ११ देशका सरकार तथा राष्ट्र प्रमुखसहित ८०० प्रतिनिधि गोआ आउने पक्का भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डका विदेश मामिला सल्लाहकार ऋषि अधिकारीले नेपाललाई पनि ब्रिक्स सम्मेलनको निम्तो आएको स्वीकार गरे । उनले अघि भने, त्यहाँ प्रधानमन्त्री जाने, नजाने केही दिनमै निर्णय हुन्छ ।’