चट्याङका कारण रेडियो तमोर बन्द

0
474

ताप्लेजुङ, ३१ भदौ । गएरातिको चट्याङका कारण रेडियोको उपकरणमा क्षति पुगेपछि ताप्लेजुङमा रहेको सामुदायिक रेडियो, रेडियो तमोरको प्रसारण आज बिहानदेखि अवरुद्ध भएको छ ।radio-tamor

मध्यराति वर्षासहित परेको चट्याङले रेडियोको युपिएस लगायतका उपकरणमा क्षति पुगेपछि रेडियोको नियमित प्रसारण अवरुद्ध भएको स्टेसन मेनेजर सजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यरुपमा युपिएसमा नै खराबी आएको र अन्य उपकरणमा समेत सामान्य क्षति पुगेको छ । रेडियो बन्द भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका श्रोता मर्कामा परेका छन् । १०२ मेघाहर्जबाट र अनलाइनबाट समेत यो रेडियोको प्रसारण सुनिँदै आएको थियो ।