नेपालमा समृद्धी छावस् : मोदी ।

0
511

 नँयादिल्ली,३१ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गर्दै हैदरावाद हाउसमा द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकासका लागि नयाँ र समृद्ध सम्बन्धको विकसित चरणअन्तर्गत हातेमालो गर्न आफू तयार रहेको उल्लेख गरेका छन्। साथै मोदीले नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने भारतको चाहना भएको बताएका छन्। मोदीले नेपालको संविधानमा समेटिनु पर्ने आवाजलाई संवादको माध्यमबाट सम्बोधन गर्दै नेपालका राजनीतिक दलहरुले लोकतन्त्रको संस्थागत विकास गर्न सकोस् भन्ने चाहना पनि व्यक्त गरे। प्रधानमन्त्री मोदीले भने – “म विश्वस्त छु, नेपालका नेतृत्वले संविधानमा सबै पक्षको समावेशीताका लागि आवश्यक संवाद गरी कार्यान्वयन गर्नेछ।” उनले मित्रताको इतिहासमा प्रधानमन्त्री दाहालको यस कार्यकालको पहिलो विदेश भ्रमण भारतमा भएकामा खुसी व्यक्त गरे। दुई देशको खुल्ला सिमाना, समान संस्कृति र अन्तरसम्बन्ध तथा सरकार–सरकार र जनता–जनताबीचको सहकार्य र सहसंस्कृतिको मौलिक र ऐतिहासिक सम्बन्धको चर्चा गर्दै उहाँले नेपालको विकास आयोजनामा भारतको सहकार्य हुने विश्वास व्यक्त गरे।