२०८१ माघ ३ गते बिहीबार
२०८१ माघ ३ गते बिहीबार

परीक्षा बिग्रिएपछि तीन जना किशोरीले गरे विष सेवन

काठमाडौँ । परीक्षा बिग्रिएपछि तीन जना किशोरीले एकै साथ विष सेवन गरेका छन् ।

महोत्तरीको खैरमारास्थित निर्मल लामा बहु प्राविधिक शिक्षालयमा अध्ययनरत तीन किशोरीले परीक्षा बिग्रिएपछि एकै साथ विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार विष सेवन गर्ने मध्ये २ जना जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेका छन् । एक जना फेला परेकी छैनन् ।

बर्दिबास नगरपालिका–१० निर्मल लामा बहु प्राविधिक शिक्षालयको जियोमेट्रिक इन्जिनियर प्रथम वर्षमा अध्ययनरत तीन छात्रा सम्पर्कविहीन भएपछि खोजतलास गर्दा विष सेवन गरी अचेत अवस्थामा दुई जना फेला परेको र एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

परीक्षा बिग्रिएपछि तीनै जना साथीहरू एकै साथ विष सेवन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पोखरेलले बताए । उनले भने, ‘फेला परेका दुई जनाको अवस्था सामान्य छ, दुवै जनालाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा राखिएको छ । तीन जना मध्ये बढी मात्रामा विष सेवन गर्ने छात्राको खोजी भइरहेको छ ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।