टर्की, ११ असोज । टर्कीको राष्ट्रिय गुप्तचर संस्था एमआईटीले इस्लाम धर्मगुरु फेतेल्लाह गुलेनको आन्दोलनसँग आवद्धता भएको आरोपमा मङ्गलबार ८७ जना गुप्तचर अधिकारीलाई पदबाट बर्खास्त गरेको यहाँको राज्य सञ्चालित अनादोलु समाचार संस्थाले जनाएको छ । बर्खास्त भएका ८७ जनामध्ये ५२ जना अधिकारीलाई फौजदारी अभियोग लगाइएको छ । गुप्तचर अधिकारीविरुद्धको कारबाही टर्कीमा जुलाई १५ मा भएको असफल कूप्रयासपछि घोषणा भएको तीन महिने सङ्कटकालका क्रममा यहाँको संवैधानिक निर्देशनअनुरुप भएको हो । यी सबै गुप्तचर अधिकारी भविष्यमा यहाँको सरकारी जागिरका लागि अयोग्य रहने गरी बर्खास्त भएका छन् ।