२०८१ माघ ९ गते बुधबार
२०८१ माघ ९ गते बुधबार

शपथ लिँदै गर्दा पक्राउ परेका वडाध्यक्ष कारागार चलान

सप्तरी । युवतीको बलात्कारपछि हत्या र नाबालकलाई वेपत्ता पारेको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नव निर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले वडाध्यक्ष साहसहित दुई जनालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि वडाध्यक्ष साहसहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि जेल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नव निर्वाचित वडाध्यक्षसहित ६ जनाविरुद्ध दुई वटा मुद्दा दर्ता भएका छन् । उनीहरूलाई जबर्जस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति वेपत्ता गरेको सम्बन्धी अभियोग लागेको छ । साह मंसिर २० मा वडाध्यक्षको शपथ लिँदै गर्दा पक्राउ परेका थिए । उनीसहितको समूहले सन्तोषीकुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ ।

आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ । २०७९ फागुनमा डाक्नेश्वरी नगरपालिका–१ माधधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी लगेको प्रहरीको अनुसन्धानमा देखिएको थियो । अझैसम्म नितिशको अवस्था अज्ञात छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।