हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जना पक्राउ

0
594

लहान, १० कात्तिक ।  सीरहाको लहानमा हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जना पक्राउ परेका छन् । मंलबार साँझ विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले उनिहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि थुनामा पठाएको छ ।  विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा लहान नगरपालिकाको विभिन्न वडाबाट १७ जना र भवानी कलाबञ्चरबाट दुई तथा गाढा गाविसबाट दुई जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि थुनामा पठाएको विद्युत् प्राधिकरण लहानका निमित्त प्रमुख त्रिभुवनकुमार यादवले जानकारी दिनुभयो । पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐन अन्तर्गत कारबाही गरिने निमित्त प्रमुख यादवले बताउनुभयो ।