भेनेजुएलामा १२ घण्टे आमहड्ताल,सुरक्षा निकाय हाईअर्लटमा ।

0
610

भेनेजुएला, १२ कात्तिक । राष्ट्रपति निकोलास मडुरोलाई पदत्याग गर्न दबाब दिने उद्देश्यले भेनेजुएलाका प्रमुख प्रतिपक्षी दलहरूले शुक्रबारका दिन १२ घण्टे आम हडताल गर्न आह्वान गरेका छन् ।
आमहड्तालको पुर्बसन्ध्यामा देशभरी विशाल विरोध प्रदर्शन समेत गरेका छन् ।

शुक्रबारका दिन १२ घण्टे आम हडताल गर्न आह्वान गर्दै प्रदर्शनकारी प्रतिपक्षी नेताहरूले आगामी दिनहरूमा लगातार आन्दोलन गर्ने थप कार्यक्रहरू पनि अघि सारेका छन् ।

संसदमा बहुमत रहेका प्रतिपक्षीहरूले राजधानी काराकसको मूल सडकमा बिहिबार शक्ति प्रदर्शन गर्दै हाल मुलुकले बेहोर्नु परेको आर्थिक सङ्कट राष्ट्रपति मडुरोकै कारण उत्पन्न भएको भनी तत्काल सत्ताछाड्न चेतावनी दिएका छन् ।

बिहिबारको शक्ति प्रदर्शनमा लाखौजनता सडकमा उत्रिएका थिए । आमहड्तालमा अप्रिय घटना हुन सक्ने भन्दै त्यहांको सरकारले सबै सुरक्षा निकायलाई परिचालन गर्नुका साथै हाईअलर्टमा रहन निर्देशन दिएको छ ।