२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

रवि लामिछानेको थुनछेक बहस जारी

रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सभापति लामिछानेको थुनछेक बहस सुरु भएको हो ।

लामिछाने गत आइतबार बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका थिए । आइतबार नै लामिछानेको थुनछेक बहस सुरु भएको थियो ।

बहस नसकिएपछि आइतबार र सोमवार उनलाई हिरासतमा राखिएको थियो । मंगलबार सार्वजनिक बिदा भएकाले बहस हुन नसके पछि उनलाई बुधवार मात्रै अदालत लगिएको हो ।

थुनछेक बहस आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइ लड्ने भन्ने आज आदेश आउनेछ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको अनुसन्धानका लागि उनलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गरिएको छ ।

यसअघि पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा ८३ दिनको अनुसन्धान तथा थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।