आफ्नै गाँउ फर्किए शरणार्थिहरु ।

0
356

खार्तुम, २३ कात्तिक ।  विस्थापित भएर शरणार्थी शिविरमा बसिरहेका ३२ हजार सुडानी शरणार्थीहरु उनका घरगाँउमा फर्र्कीएका छन् । संयुक्त राष्ट्र सङ्घकाअनुसार मध्यडार्फरको उम दुखुनको इलाकाको पाँच वटा गाँउमा बस्ने ३२ हजार व्यक्ति आफ्नै गाँउघरमा फर्किएका राष्ट्रसङ्घका मानवीय मामिला समन्वय ओचाका वरिष्ठ अधिकारीले जानकारी दिए। आफ्ना गाउँमा फर्किएका ती व्यक्तिहरुको लागि आवश्यक सुरक्षाको व्यवस्था गर्न पनि ओचाले आग्रह गरेको बताइएको छ ।