रामपुर घटना निन्दनीय, दोषीलाई कारबाही गर्न नेबिसंघको माग ।

0
638

कार्तिक २८ काठमाण्डौ । कृषि तथा बन बिज्ञान बिश्व बिद्यालय रामपुरमा शनिबार भएको घटनालाई नेपाल बिद्यार्थीसंघले निन्दनीय भएको भन्दै कारतापुर्ण कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । नेकपा माओबादि सम्बद्ध बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य सरोज रेग्मी,रामपुर क्याम्पस इकाई अध्यक्ष टेकेन्द्र सिंह ऐर सचिव रोसन दाहाल लगायत आधा दर्जन बिद्यार्थी नेताहरु माथि भएको आक्रमणको निन्दा गर्दै घटनामा संलग्न भएकाहरुलाई तत्काल कारबाहिको दायरामा ल्याउन गृह मन्त्रालयलाई आग्रह गरेको छ अन्यथा नेबिसंघ चुपलागेर नबस्ने सरकारलाई चेतावनी समेत दिएको छ । नेबिसंघका कार्यालय सचिव करुण रेग्मी द्धारा जारी बिज्ञप्तीमा सामान्य बिबादको बिषयलाई लिएर भौतिक आक्रमण गर्नुले बिचारको राजनीतिबाट बिचलीत भई हिंसात्मक बाटो नरोज्न अपिल गरिएको छ । असहमतीका बिषयमा शान्ती पुर्ण सम्बादको बाटो परित्याग गर्नु दुखद भएको बिज्ञप्तीमा उल्लेख छ । अखिल क्रान्तिकारीको आक्रमणमा परि घाईतेभएकाहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।