२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

नवजात शिशु र सुत्केरीको हेलिकप्टरबाट उद्धार

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशु र आमाको उद्धार गरिएको छ ।थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेत र उनले जन्माएको नवजात शिशुको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

थुलुङ दुधकोसी अस्पतालमा मङ्गलबार शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्था देखिएपछि आमा र नवजात शिशुको उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ । राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत् आमा र नवजात शिशुलाई उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए । आमा र बच्चालाई थापाथलीस्थित प्रसूतिगृहमा भर्ना गरिएको उनले बताए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।